• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौँको मेयरबाट हात झिके नायक केसीले

काठमाडौँको मेयरबाट हात झिके नायक केसीले

काठमाडौँको मेयरबाट हात झिके नायक केसीले

  • 2.9K
    SHARES

  • काठमाडौँको मेयरबाट हात झिके नायक केसीले

    काठमाडौँ;- यहि बैसाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा लड्ने आफ्नो पूर्वघोषणाबाट अभिनेता भुवन केसी पछि सरेका छन् ।

    नायक केसीलाई उन्नत लोकतन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । मेयरमा उम्मेदवारी घोषणापछि थप चर्चा बटुलेका केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण उम्मेदवार बन्न असमर्थ रहेको आज आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका हुन ।
    आम नागरिक, कला क्षेत्रका शुभचिन्तक तथा आफूलाई माया गर्ने सम्पूर्ण दर्शकहरूप्रति लक्षित गर्दै उनले उन्नत लोकतन्त्र पार्टीले देखाएको विश्वास र सद्भावका लागि आभार तथा धन्यवाद ज्ञापनसमेत गरेका छन् । आफ्नो उम्मेदवारी घोषणापछि धेरै भ्रम, अनावश्यक चर्चा र आरोप प्रत्यारोपहरू पनि सार्वजनिक भएको र सो क्रममा आफूविरुद्ध अनावश्यक तथा अनर्गल रुपमा उठाइएको टिप्पणीहरूको वस्तुपरक रुपमा धेरै सकारात्मक र केही नकारात्मक रहेको केसीको सार्वजनिक पोष्टमा उल्लेख गरिएको छ ।

    एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्दैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण जबरजस्त रहेछ भन्ने बुझेर आफू खिन्न भएको फनि उनले बताएका छन् । अभिनेता केसीले अहिलेसम्म आफू कुनै पार्टीमा नरहेको पनि स्पष्ट पारेका छन् ।

    हालसम्मको जीवनमा राजनीतिलाई नजिकबाट नियालेर निकालेको निष्कर्षअनुसार नेपालमा ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’सहितको उन्नत लोकतन्त्रबिना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन नसक्ने केसीको दावी छ ।

    नैतिक हिसाबले स्वागत नेपाललाई समर्थन गर्ने बताएका उनले अबको दिनमा राजनीति कहाँ र कुन पार्टीबाट गर्ने भन्ने निधो नगरेको जानकारी गराएका छन् ।277912502_464852055329697_3463821121369849089_n.png

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology