• बिहिवार, कार्तिक २० गते २०८३

माओवादी केन्द्रबाट पालुङ्टारको प्रमुखमा सात र उप-प्रमुखमा नौं जना दाबेदार

माओवादी केन्द्रबाट पालुङ्टारको प्रमुखमा सात र उप-प्रमुखमा नौं जना दाबेदार

माओवादी केन्द्रबाट पालुङ्टारको प्रमुखमा सात र उप-प्रमुखमा नौं जना दाबेदार

  • 6.1K
    SHARES

  • माओवादी केन्द्रबाट पालुङ्टारको प्रमुखमा सात र उप-प्रमुखमा नौं जना दाबेदार

    काठमाडौं, २७ चैत । स्थानीयतह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा प्रमुखको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दावी प्रस्तुत गर्न थालेका छन्। गठबन्धन भयो भने पालुङ्गटार नगरपालिका प्रमुखमा माओवादी केन्द्रले पाउने चर्चासंगै आकांक्षीहरुले दावी प्रस्तुत गर्न थालेका हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा पालुङ्गटारमा नेपाली कांग्रेसका उम्मेद्वार दिपक बाबु कँडेल बिजयी भएका थिए भने उप-प्रमुखमा पम्फा बसेल माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्।

    आज बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का दाबेदारको नाम प्रकाशित गरेको छ । नगर प्रमुख पदमा दाबेदार गर्ने सात जना नेताहरु छन् । त्यसै गरि नगर उप-प्रमुखमा नौ जना छन् ।

    नगर प्रमुखमा दाबेदार दिनेको नाम :-

    १) मदन देवकोटा

    २) विकास वाग्ले

    ३) जीवन बालकोटी

    ४) इन्द्रराज भट्टराई

    ५) विवश चिन्तन 'अजय'

    ६) पम्फा बसेल

    ७) खोप बहादुर कँडेल

    नगर उप-प्रमुखमा दाबेदार दिनेको नाम :-

    १) आशिष देवकोटा

    २) सुमन आचार्य

    ३) विकास भट्टराई

    ४) केशव न्यौपाने

    ५) शर्मिला वगाले

    ६) निर्मला मल्ल

    ७) वन्दना पाण्डे

    ८) उषा पाण्डे

    ९) शंखर राज कँडेल

    सामाजिकपत्र

    • आइतवार, चैत्र २७ २०७८०९:१४:५९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology