• आइतवार, आश्विन ४ गते २०८३

भदौ १६ गतेबाट यी देशमा हुदै छ नियमित उडान

भदौ १६ गतेबाट यी देशमा हुदै छ नियमित उडान

भदौ १६ गतेबाट यी देशमा हुदै छ नियमित उडान

  • 16.2K
    SHARES

  • भदौ १६ गतेबाट यी देशमा हुदै छ नियमित उडान

    सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक आउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ।

    सरकारको प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गर्ने जानकारी दिए। बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हाे।

     डा खतिवडाले नियमित उडान नहुने देशमा सम्बन्धित देशका नेपाली दूतावासले चार्टर्ड उडान गर्ने जनाएका छन् । साउदी अरब, कतार र कुवेत जस्ता पीसीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नहुने डा खतिवडाले जनाएका छन्। यस्तो देशमा सम्बन्धित देशमा रहेको नेपाली दुतवासले चार्टर्ड उडान गर्नेछन्।

    यस्तै, सरकारले नेपाल प्रवेश गर्ने हवाई यात्रीको संख्यासमेत तोकेको छ। डा खतिवडाले नियमित तथा चार्टर्ड उडान गर्दा दैनिक पाँच सयभन्दा बढी यात्री नहुने गरी पर्यटन मन्त्रालयले तालिका मिलाउने जानकारी दिए। कुनै पनि एयरलाइन्सले दिनमा एक भन्दा बढी उडान गर्न पाउने छैनन्। एक सातामा सात मात्रै उडान भर्न पाइने छ।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र ५ २०७७०२:०९:१५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology