प्राण भएको जिबजन्तुलाई प्राणी भन्ने गरिन्छ। यो ब्राम्ह्रण्डमा सयौ जाति वा प्रकारका प्राणीहरू छन। र ति सयौ जातिका प्राणी मध्ये एक मानिस पनि पर्दछ। मानिस सबै प्राणी मध्ये सर्बश्रेष्ठ मान्ने गरिन्छ। किनकी मानिसमा अन्य जिब जन्तु र प्राणी भन्दा हजार गुणा बढी चेतनाको स्थर माथि हुन्छ। त्यस कारण नै ब्राम्हण्डका सयौ हाजरौ प्राणी भन्दा अग्रगामी र चेतनसिलका रूपमा मानिसलाई राखिएको हो।

तर हाम्रो समाजमा हर्ने हो भने मानिसलाई बिभिन्न श्रेणीमा छुट्टाईएको पाईन्छ। सबै भन्दा अग्रगामी र चेतनशिल भनिएका मानिसमा पनि यस्तो प्रकारको पहिलो दर्जा दोस्रो दर्जा वा ठूलो जाति सानो जातिका रूमा बर्गिकृत गर्नु आजको २१ औ सताब्दीको आधुनिक युग पनि मानिस माथिको बिभेद नरोकिनु एउटा जाति वा समुदायको मात्र होईन सिड़गो मानब सभ्यताकै उपहास हो।

मुख्यत दक्षिण एशिया नेपाल भारत  लगायात केहि देशहरूमा वर्णको आधारमा मानिस माथि मानिसको बिभेद चर्को रूपमा हुदै आएको पाईन्छ। जो मानिस आफ्नो सिप कला र श्रमलाई सिन्चित गरेर स्वाभिमान पुर्बक बाच्न चाहन्छ। त्यहि मानिसलाई कथित धर्म सॅस्कार सॅस्कृतिको नाममा बिभेद गर्नु कतिको न्यायचित कुरा हो? मानिसले मानिस माथि गर्ने यस्तो प्रकारको अमानबिय हर्कतले के हाम्रो समाज बिकास होला? हामीमा यस्तो खालको गलत चिन्तन जब सम्म त्याग्न तयार हुदैनौ तबसम्म हाम्रो समाज बिकास हुन सम्भब छैन।

किनकी हाम्रो समाजलाई रूपान्त्रण गर्नको निम्ति सबैभन्दा पहिला आफु र आफ्नो आनि बानी र चिन्तनलाई परिबर्तन गर्न जरूरी छ। समाजका सबै नागरिक समान हुन्। भन्ने दृष्टीकोणको बिकास गर्न जरूरी छ। जबसम्म समाजमा बिभिन्न जातिहरू रहन्छन तब सम्म बिभेद पनि कायमै रहन्छ। जबसम्म जातिबाद रहन्छ तबसम्म समाज दोस्रो दर्जाको मानिस उत्पादन गर्ने कम्पनी जस्तो बन्ने छ।

जसरी एउटा कम्पनीमा मजदुर र मालिक बिचको बिभेद हुन्छ त्यसरी नै समाज पनि मजदुर र मालिक जस्तो बन्न पुग्छ। अब पनि समाजमा मजदुर र मालिक को अन्तरबिरोध कायम राखेर समाजलाई उधोगति तिर लैजाने कि जातिबादको समस्यालाई निराकरण गरेर समुन्नत समाजको दिसामा अघि बढ्ने? समाजलाई समुन्नत बनाउने कुरा यो राज्य र राज्य सन्चालकको मात्र सवालको कुरा होईन। समाजलाई बिभेद मुलक बनाउने कि? बिभेद रहित बनाउने भन्ने कुरा आम नागरिकको अहंम भुमिका र कर्तब्य पनि हुन आउछ। हाम्रो समाज रूपान्त्रणको निम्ति चाईनिज मोडलको सास्कृतिक क्रान्ति आवास्वाक छ।

हाम्रो छिमेकी मुलुक चिनमा सामन्तबादी राजतन्त्रको बिरूद्ध करिब तिन दशक सम्मको लामो जनयुद्ध लढेर त्यहाको शासक च्याकाईसेकलाई अपदस्त गरि सन १९४९ मा जनबाद ल्याईयो। जनबाद ल्याएको करिब डेढ दशक पछि सन १९६६ देखि १९७६ सम्म सास्कृतिक क्रान्ति गरेर चिनमा भएको सामन्तबादी अबसेष र पुरातन सॅस्कार सॅस्कृतिको अन्त्य गरि समाजबाद निर्माण गरिएको थियो। त्यस्तै नेपालमा पनि ५० को दशक देखि ६० दशक सम्म दश बर्षे जनयुद्धले २४० बर्षे शामन्तबादी राजतन्त्रको अन्त्य गरिएको परिप्रेक्षमा अब समाजमा रहेका पुरातन धर्म सॅस्कार र सॅस्कृति बदल्नु पर्दछ।

हाम्रो समाज कस्तो छ भने हिजो परम्परा देखि बाबु बाजेले गरि आएको चलन यसलाई हामी छोरा नातिले पनि परम्परा धान्नु पर्छ भन्ने मान्यता राख्छौ अनि हिजो दुई तिन सय बर्ष पहिला पुर्खाले जे गरेका थिए हामी पनि तेहि कर्मलाई अनुसरण गरिरहेका हुन्छौ। पुर्खलाई सम्मान गर्न पर्छ हिजोका हाम्रा पुर्खा हन्थेन भने आज हामी पनि हुन्थेनौ। तर सम्मानको नाममा हामीले त्यहि ढुड़गालाई अबिर लगाएर कति श्रीगार्ने? सामाजिक सन्जालमा कतै देखिन्छ गाईको मासु खानेहरू सॅसारलाई नेतृत्व गर्न पुगिसके हामी गाईको मुत खानेहरू जहाको त्यहि छौ। यसको मतलब के हो भने बदलियौ भनेको हो। सनातन धर्म सॅस्कृतिलाई पुरै पैतालामै मिलाउन सक्दैनौ।

तर सिरमा नै पनि नराखौन केहि रूपमा बदलौ किनकी हामी भन्दा पछिका थुपै पुस्तालाई बदल्न छ नि त। हामीले अनुसरण गरेको सॅस्कारले कम्तिमा मानबियतालाई बचायोस भन्ने हो। समजमा घट्ने गरेका बिक्रति जन्य घट्ना नघटोस लैड़गिक रूपमा उत्पिडनमा परेका महिला जातिय उत्पिडनमा परेका दलित लगायत समाजको पिधमा पारिएका उत्पिडित समुदायले सहजता पुर्बक बाच्न पाउने अधिकारको सुनिश्चिता होस र समग्रमा सांस्कृतिक रूपान्त्रणद्वारा सम्मुनत समाजको निर्माण होस भन्ने चाहाना हो।

आज बिश्व कहा पुगि सक्यो। ५० बर्ष पहिला हाम्रो देश नेपालकै रेसियोमा आर्थिक हैसियत भए कयौ देशहरू आज बिश्वलाई नेतृत्व पर्दान गर्न सक्ने अबस्थामा पुगेका छन। तर हामी भने नबराज बिक हरू मारिनु सहि की गलत भनेर छलफल गरेर बसिरहेका छौ। हाम्रो दिमागमा लागेको अन्ध बिस्वासको जालो हटाउन सकिरहेका छैनौ। जुन अन्ध बिस्वासले हाम्रो समाजलाई झन अन्धो बनाउदै लगिरहेको छ।

हामी सहि के हो र गलत के छुट्याउन नसक्ने अबस्थामा पुगेका छौ। हामी सचेत नागरिक को हैसियतले यस्ता खाले कुरितिलाई बदल्न पर्ने हो। तर उल्टो के भईरहेको छ भने कुरितिले समाजको मुल चरित्रलाई बदल्दिएको छ। यसलाई अब सुल्टो गति तिर लैजानको निम्ति यो राज्य र यहाका सचेत तप्का अग्रसर हुन जरूरी छ।