• सोमवार, श्रावण ११ गते २०८३

धार्चेको नीति तथा कार्यक्रम : अर्गानिक उत्पादनलाई मार्केटसित जोड्ने लक्ष्य

धार्चेको नीति तथा कार्यक्रम : अर्गानिक उत्पादनलाई मार्केटसित जोड्ने लक्ष्य

धार्चेको नीति तथा कार्यक्रम : अर्गानिक उत्पादनलाई मार्केटसित जोड्ने लक्ष्य

  • 2.8K
    SHARES

  • धार्चेको नीति तथा कार्यक्रम : अर्गानिक उत्पादनलाई मार्केटसित जोड्ने लक्ष्य

    गाेरखा- धार्चे गाउँपालिकाले नीति तथा कार्यक्रम सावर्जनिक गरेकाे छ । ‘समृद्ध, सुन्दर धार्चे गाउपालिकाको शानः उत्पादनमुखी कृषि, पर्यटन र पूर्वाधारमा विकासको अभियान’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले आगामि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    गाउँपालिकाभित्रको कृषि उत्पादनलाई ‘अर्गानिक मार्केट’ सँग जोड्नको लागिक व्यावसयिकरण र आधुनिकिकरण गर्दै लैजाने उद्देश्यले प्रबद्र्धनात्मक तवरबाट अगाडि बढाउनको लागि ‘कृषकसँग धार्चेको हातेमालो’ भन्ने कार्यक्रम आगामि आ.व. देखि ३ बर्षसम्म सञ्चालन गरिनेछ । स्थानीयहरुको आयआर्जनमा वृद्धि गर्नका लागि समुदायमा कल्याणकारी कोषको व्यवस्था गर्ने नीति लिएको छ ।

    यस्तै, भीरमौरीलाई संरक्षण गरी ‘हनी हण्टिङ’ लाई व्यावसायिकरण गर्ने कार्यक्रम सञ्चालन गरिने, प्रत्येक वडामा एक कृषि उपज संकलन केन्द्र तथा गाउँपालिकाभित्र रहेका सम्भावित साना बजारहरुमा हप्तामा एक पटक हाट बजार संचालन गरिने र धार्चेमा अकबरे खुर्सानी खेतीको साना पकेट कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङ जानकारी दिए ।

    टिमुर, अलैंची, कफी खेतीको लागि साना पकेट क्षेत्र घोषणा गरी परियोजना सञ्चालन गरिने, कृषक सूचीकृत र कृषक परिचय पत्रको व्यवस्था गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

    स्थानीय पाठ्यक्रममा पठन पाठन सुरुवात गराइने, जीवन उपयोगी व्यावसायिक एवं प्रविधियुक्त शिक्षामा जोड दिदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइने र ‘एक वडा एक खेलकुद मैदान’ निर्माणलाई आगामि तीनवर्षभित्र सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको मिलान गरी गुणस्तरीय शिक्षा, खेलकुद र प्राविधिक शिक्षामा जोड दिएको छ ।

    आगामि बर्षदेखि लागू हुने गरी समुदायमा जेष्ठ नागरिक स्वास्थ्य भेटघाट कार्यक्रमलाई सञ्चालन गरिने र कडा रोग लागेका विरामीलाई आधिकारीक रुपमा चिकित्सकबाट प्रमाणित भएका बिमारीको लागि उपचार अनुदान खर्चको व्यवस्थालाई निरन्तरता दिईने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

    धार्चेको चिसो पानीलाई सदुपयोग गर्ने गरी ट्राउट माछा साना पकेट प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने, धार्चेको लेकमा रहेको भेंडा पालन पेशालाई व्यासायिकरणमा प्रबद्र्धन गर्ने उद्देश्यले भेडापालक किसानलाई सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा जोड दिएका छन् ।

    पहिचान भएका पर्यटकीय पदमार्गहरु तथा पालिकाभित्र रहेका स्थलहरुमार्फत ग्रामीण जीवन पद्वतिमा सुधार ल्याउन आवश्यक पूर्वाधारहरु निर्माण गरिने, सामुदायिक होमस्टे सञ्चालनलाई जोड दिइने, पर्यापर्यटन, सहासिक पर्यटन, साँस्कृतिक तथा धार्मिक पर्यटनलाई विशेष जोड दिई धार्चेमा रहेको गुरुङ समुदाय र उनीहरुको धर्म र सँस्कृतिसँग सम्वन्धित चाडपर्व, जात्रा, नाचहरुलाई प्रचार प्रसार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ १३ २०७९०८:०७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology