गोरखाको बारपाक, सुलिकोट गाउँपालिकाले वैशाख १२ गते, शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७२ वैशाख १२ गते बारपाक केन्द्र बनेर ‘गोरखामा भूकम्प’ गएको दिनको स्मृतिमा शुक्रबार बिदा दिने गाउँपालिकाले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
सार्वजनिक विदाका दिन पालिका भित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बिद्यालय, स्वास्थय संस्था लगायतका सवै बन्द रहने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सोही दिनको सम्झनामा एक कार्यक्रम आयोजना गरी भूकम्प स्मृति दिवस मनाउने भएको छ ।
भुकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना हुने कार्यक्रम नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं २ का संघीय सांसद पुष्पकमल दाहाल (प्रचण्ड), माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डे लगायत सहभागी हुने पालिक अध्यक्ष भट्टले बताउनुभयो ।
२०७२ साल बैशाख १२ गते ११ बजे र ५६ मिनेटमाम ७.८ म्याग्निच्युडको भुकम्पका कारण ९ हजारभन्दा बढीको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए ।