• सोमवार, श्रावण ११ गते २०८३

भिमसेन थापा गाँउपालिकाले सुरु गर्यो घर—घरमा पुगेर जेष्ठ नागरिकको उपचार सेवा

भिमसेन थापा गाँउपालिकाले सुरु गर्यो घर—घरमा पुगेर जेष्ठ नागरिकको उपचार सेवा

भिमसेन थापा गाँउपालिकाले सुरु गर्यो घर—घरमा पुगेर जेष्ठ नागरिकको उपचार सेवा

  • 3.2K
    SHARES

  • भिमसेन थापा गाँउपालिकाले सुरु गर्यो घर—घरमा पुगेर जेष्ठ नागरिकको उपचार सेवा

    गोरखा, १६ असार । गोरखाको भीमसेन थापा गाउँपालिकाले जेष्ठ तथा असक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरेको छ ।

    गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष लोक प्रसाद बञ्जराले पालिका भित्रका जेष्ठ नागरिक असाहाय तथा विपन्न व्यक्तिहरुको घर घरमा पुगेर निशुल्क स्वास्थ्य उपचार घोषणा गर्नु भएको थियो ।

    सोही घोषणा अनुरुप गाँउपालिकाले ‘गाउँ टोल घर घरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ जेष्ठ तथा असक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरको हो ।

    गाँउपालिकाको आयोजनामा आज वडा नंं ३ स्थित मानव सेवा आश्रम (बुढी गण्डकी वृद्धाश्रम) बाट कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष बञ्जाराले जानकारी दिनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बञ्जाराले पालिका भित्र रहेका अशाय, अशक्त भए व्यक्तीको सहारा स्थानीय सरकार हुने र हुन पर्ने बताउनु भयो । ‘कोही अभाव, तनावमा छ भने उसको अभाव परिपूर्ती गर्न स्वायम उसँग बल, बृद्धि र श्रम हुन्छ,’ उहाँले भन्नुभयो ‘ कहाँ के नमिलेर उ त्यो गरिबि, भोकमरीमा परिरहेको हो उसलाई अघि बढाउन काम र माम जुटाएर सहयोग गर्नु पर्छ ।’

    साथै बरोजगारीलाई रोजगारीको अवसर सिर्जना गर्न आफुहरु लागी परिरहेको उहाँको भनाई छ । उहाँले यो कार्यक्रमलाई व्यवस्थित गरि लैजान आफुले सकेको प्रयास गर्ने बताउनु भएको छ । आजदेखी सुरु गरिएको कार्यक्रमलाई नियमित तथा मासिक रुपमा पालिका भित्रका ८ वटै वडामा सञ्चालन गरिने जनाएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ १६ २०७९०६:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology