• सोमवार, श्रावण ११ गते २०८३

चुमनुब्री गाउँपालिका : पहिलो पटक पालिकाको केन्द्रबाटै बिल भुक्तानी

चुमनुब्री गाउँपालिका : पहिलो पटक पालिकाको केन्द्रबाटै बिल भुक्तानी

चुमनुब्री गाउँपालिका : पहिलो पटक पालिकाको केन्द्रबाटै बिल भुक्तानी

  • 5.1K
    SHARES

  • चुमनुब्री गाउँपालिका : पहिलो पटक पालिकाको केन्द्रबाटै बिल भुक्तानी

    गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्रबाटै भुक्तानी सेवा सञ्चालन भएको छ ।

    गाउँपालिका भित्र नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएपछि यसबर्षको आर्थिक कारोबार, असार मसान्तमा हुने बिलभुक्तानी तथा योजना फस्र्यौटको काम पालिकाको केन्द्रबाट गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

    ‘गत वर्षहरुमा उपभोक्ता समितिलाई कामको भुक्तानी दिन र बिल भरपाइ फर-फारक गर्न असार लागेपछि सदरमुकाम पुग्नु गर्ने बाध्य थियो’ उनले भने ‘यस बर्ष भने नेपाल टेलिकमको फोरजी सेवा चलेसँगै पालिकाको कार्यालयबाटै इलेक्टोनिक्स फण्ड ट्रान्सफर (इएफटी) सेवामार्फत भुक्तानी दिइएकाे हाे ।’

    पालिकाको केन्द्रबाटै भुक्तानी सेवा सञ्चालन भए सँगै स्थानीयबासीलाई चार, पाँच दिनको बाटो हिँडेर भुक्तानी लिन सदरमुकाम पुग्नु पर्ने बाध्यताबाट मुक्त भएका छन् । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार अहिलेसम्म योजनाको करिब ५० प्रतिशत भुक्तानी दिइसकेको बताए ।

    मौसम प्रतिकूल भएन भने यसबर्ष असार मसान्तको आर्थिक कारोबार गाउँपालिकाबाटै सम्भव हुने पालिकाका अध्यक्ष निमा लामा दावी गर्छन् । यसमा आफू पनि निरन्तर खटिरहेको साथै सबै वडाअध्यक्षलाई गाउँपालिकाको केन्द्र फिलिममा आएर आ–आफ्नो वडाका योजनाहरुको भुक्तानी प्रक्रियामा सहजीकरण गर्न सुझाव दिएको उनले बताए।

    अहिले गाउँपालिकाको केन्द्र फिलिममा कुमारी वैँकको सिर्दिबास शाखाले सेवा दिइरहेको छ । फोरजी सेवा सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रबाटै भुक्तानी दिएको सो अहिलेसम्मको यो पहिलो पटक हो ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ १६ २०७९०९:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology