• सोमवार, श्रावण ११ गते २०८३

सिरानचोकमा बस दुर्घटनामा २० जना घाईते

सिरानचोकमा बस दुर्घटनामा २० जना घाईते

सिरानचोकमा बस दुर्घटनामा २० जना घाईते

  • 3.8K
    SHARES

  • सिरानचोकमा बस दुर्घटनामा २० जना घाईते

    गोरखाको सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो दुर्घटना भएको हो ।

    दुर्घटनामा परी २० जना घाईते भएका छन् । पाँच जनाको चितवन र १५ जना घाईतेको गोरखा नगरपालिका १० छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

    गुडिरहेको बस सडकमा पल्टिँदा सबै यात्रु घाईते भएका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन ।

    सामाजिकपत्र

    • बुधवार, आषाढ २२ २०७९१२:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology