• आइतवार, आश्विन ४ गते २०८३

लायन्स क्लव अफ गोरखा तारानगरद्धारा रत्न राज्य माविमा वृक्षरोपण

लायन्स क्लव अफ गोरखा तारानगरद्धारा रत्न राज्य माविमा वृक्षरोपण

लायन्स क्लव अफ गोरखा तारानगरद्धारा रत्न राज्य माविमा वृक्षरोपण

  • 2.7K
    SHARES

  • लायन्स क्लव अफ गोरखा तारानगरद्धारा रत्न राज्य माविमा वृक्षरोपण

    गोरखा, २३ असार - लायन्स क्लव अफ गोरखा तारानगरद्धारा रत्न रज्य माध्यमिक विधालयमा वृक्षरोपण गरिएको छ ।

    गोरखा नगरपालिका— १० विरिन्चोकस्थित रत्न रज्य मा.विमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको क्लवका सचिव नविन घिमिरेले जानकारी दिनुभयो ।

    विधालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर आलेको प्रमुख आतिथ्यतामा विधालय परिसर वरिपरि कल्की, धुपी, म्याङगो स्टिन लगायतका ६० वटा विरुवा रोपिएको उहाँले बताउनु भयो ।

    कार्यक्रमको समापन गर्दै क्लवका अध्यक्ष यम बसेलले वृक्षरोपण गरिएको मध्ये ९० प्रतिशत विरुवा हुर्काउने लक्ष्य राखिएको जानकारी दिनुभयो । थप केही बिरुवा विद्यार्थीहरुले रोपेर अनुभव लिओस् भनेर विधालयलाई हस्तान्तरण गरिएको अध्यक्ष बसेलले बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि आले, क्लवका अध्यक्ष बसेल, सचिव घिमिरे, क्लवका जोन चिअर प्रशन रिता रेग्मी, क्लवका भूत पूर्व अध्यक्ष सुरेन लामिछाने, लायन्स क्लव अफ गोरखा कालिकाका सुनिता सापकोटा, विधालयका प्रध्यानध्यापक तेज बहादुर नेपाली र नर बहादुर रोका लगायतको सहभागीता रहेको थियो ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २३ २०७९०६:२२:२२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology