• सोमवार, श्रावण ११ गते २०८३

प्रतिक्षामा रहेको फिल्म 'लाखे' को टिजर आउट !

प्रतिक्षामा रहेको फिल्म 'लाखे' को टिजर आउट !

प्रतिक्षामा रहेको फिल्म 'लाखे' को टिजर आउट !

  • 5.4K
    SHARES

  • प्रतिक्षामा रहेको फिल्म 'लाखे' को टिजर आउट !

    मल्टिस्टारर फिल्म ‘लाखे’ को टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । फिल्मको करिब सवा एक मिनेट लामो टिजर सार्वजनिक भएको हो ।

    ३१ भदौमा प्रदर्शन हुने ‘लाखे’ को टिजरबाट फिल्म सस्पेन्स र थ्रीलले भरिएको आंकलन गर्न सकिन्छ । सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुपविक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

    गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्वन्द्व निर्देशन र दीलिप पन्तको प्रोडक्शन डिजाइन रहेको फिल्मलाई आरआर फिल्मस्को वितरण गर्दैछ ।

     

    सामाजिकपत्र

    • शनिवार, आषाढ २५ २०७९११:४३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology