• सोमवार, श्रावण ११ गते २०८३

कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी

कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी

कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी

  • 84.9K
    SHARES

  • कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी

    कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी फ्रान्स, कान्स — नेपालको प्रतिष्ठित एलजी सिने सर्कल अवार्ड का आयोजक संस्था सिनेमा सर्कल नेपाल का संरक्षक तथा चौधरी ग्रुप का प्रबन्ध निर्देशक वरुण चौधरीले यस वर्षको कान्स फिल्म फेस्टिभल मा सहभागिता जनाएका छन् ।

    उद्योगपति चौधरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “कान्समा हुनु केवल उपस्थितिको कुरा थिएन, यो उद्देश्यको विषय थियो। कान्स त्यो ठाउँ हो, जहाँ संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुन्छन्। यो त्यस्तो मंच हो, जसले हामीलाई सम्झाउँछ कि सशक्त कथाहरूले भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्न सक्छन्।” साथै, उनले नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।

    नेपालको सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको उनले बताएका छन्। साथै, नेपाली सिनेमाले “दिल र उद्देश्य” का साथ बोलेको सन्देशलाई विश्वसामु उजागर गर्ने प्रतिबद्धता पनि इन्स्टाग्राम मार्फत व्यक्त गरेका छन्।

    उनी श्रीमती अनुश्री चौधरीसहित कान्सको उक्त भव्य कार्यक्रममा सहभागी भएका थिए। यस फेस्टिभलमा अभिनेता प्रदीप खड्का तथा चलचित्र एक्लो का निर्माता प्रदीप शाही पनि सहभागी भएका थिए।

    सामाजिकपत्र

    • सोमवार, जेठ १३ २०८२०२:०४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology