गोरखा जिल्लाको सांगीतिक र सांस्कृतिक पहिचानलाई समेट्दै नयाँ पञ्चेबाजाको मौलिक गीत “यति बेला दरौदी खोला” सार्वजनिक गरिएको छ।
गीत हरिराम परियारको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा हरिराम परियार र रेजिना परियारको स्वर सुन्न सकिन्छ। हरिराम परियारकै संगीतमा तयार गरिएको गीतमा शब्द भने रविन लामिछानेले लेखेका हुन्। गीतको निर्देशन दिप कोके गुरुङले गरेका छन्।
गोरखा क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक रीतिरिवाजलाई प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोमा सुमन परियार र संचिता बोलखेको अभिनय देख्न सकिन्छ।
मौलिक पञ्चे बाजाको तालमा आधारित गीतले गोरखाली संस्कृति, परम्परा र भूगोललाई समेट्ने प्रयास गरिएको छ।
गीत सार्वजनिक भएसँगै छोटो समयमै दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।