• सोमवार, श्रावण ११ गते २०८३

लायन्स क्लब गोरखा सिटीको बृक्षरोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब गोरखा सिटीको बृक्षरोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब गोरखा सिटीको बृक्षरोपण कार्यक्रम सम्पन्न

  • 3.4K
    SHARES

  • लायन्स क्लब गोरखा सिटीको बृक्षरोपण कार्यक्रम सम्पन्न

    गोरखा– लायन्स क्लब अफ गोरखा सिटिले लायन बर्ष २०२२/२३ को पहिलो कार्यक्रम बृक्षरोपणबाट सुरुवात गरेकाे छ ।

    क्लबले आइतबार बिहान गोरखा नगरपालिका वडा न. १० को बिरेन्चोक स्थित लायन्स नमुना गाउँमा पुगेर फलफुल र उन्नत जातको बिरुवाहरु जस्तै तरकारी खाने कुरिलो, तेजपत्ता ,टिमुर, म्याङो स्टिक, निमपत्ता लगायतका अन्य उन्नत जातको बिरुवा रोपेको हो ।

    क्लवका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय लायन्स नमुना गाउँ होमस्टेका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा क्लबका पदाधिकारी निबर्तमान अध्यक्ष इमान जङ्ग बानियाँ सस्थापक अध्यक्ष कर्ण ब. गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

    नमुना बस्तिलाई प्रमोट र सहयोग भएकाले सामाजिक कामको सुरुवात गरेकाे भन्दै स्थानीयले खुसी प्रकट गरेका थिए ।

    आगामी दिनमा पनि यस्तै कार्यक्रम र सहयोगको अपेक्षा गरेकाे होमस्टे सञ्चालक शर्मिला मगरले आशा व्यक्त गरिन् ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २७ २०७९०७:२२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology