• आइतवार, आश्विन ४ गते २०८३

बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

  • 3.4K
    SHARES

  • बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

    काठमाडौँ - जबर्जस्ती करणीको अभियोगमा धनकुटाको शहिदभूमी गाँउपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन्।

    ३१ वर्षीय राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ वर्षीया महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

    पीडित महिलाले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त पेश गरे पश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बसन्तपुर ,तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर (जबर्जस्ती करणी) शिर्षकमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रदेश नं १ प्रहरी कार्यालयले जानकारी दिएको छ।

    सामाजिकपत्र

    • बुधवार, आषाढ २९ २०७९०७:३०:२७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology