गोरखा । गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ९४ कराेड भन्दा बढिकाे बजेट सार्वजनिक गरेकाे छ । नगरप्रमुख कृष्ण बहादुर राना मगरकाे अध्यक्षतामा असार ३० गते भएकाे दशाैं नगरसभा मार्फत उपप्रमुख मसली माया थाेकरले ९४ कराेड ६ लाख ६० हजार पाँच सय रुपैयाँ बराबरकाे बजेट सार्वजनिक गरेकी हुन् ।
असार १० गते स्थगित भएको १० औँ नगरसभालाई बिहिवार पूर्णता दिँदै नगर उपप्रमुख थोकरले आगामी वर्ष नगरपालिकाले संचालन गर्ने योजना र बिनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् ।
जसमध्ये ४३ दशमलव ६२ प्रतिशत पूँजिगत र ५६ दशमलव ३८ प्रतिशत चालुतर्फ बिनियोजन गरेको उनले बताईन ।
जसमा नगरस्तरीय याेजना अन्तरगत ३ कराेड ३२ लाख १४ हजार ५ सय बराबर रकम बिभिन्न संघसंस्थाका भाैतिक संरचना निर्माण र सहयाेग साथै विपद ब्यवस्थापन लगायतका याेजनालाई विनियाेजन गरिएकाे छ भने नगरस्तीय याेजनाबाट वडा नम्बर १ मा ४३ लाख, २ मा ४८ लाख र ३ मा ५८ लाख रुपैयाकाे याेजनाका लागि बजेट छुट्याइएकाे बताइएकाे छ ।
त्यस्तै नगरस्तीयबाटै वडा नम्बर ४ मा ६७ लाख, ५ मा ५० लाख, ६ मा ४३ लाख, वडा नम्बर ७ मा ६५ लाख, ८ मा ९० लाख, ९ मा ६७ लाख र वडा नम्बर १० मा १ कराेड ४९ लाख बराबरकाे बजेट विनियाेजन गरिएकाे नगरप्रमुख रानाले सिभिलखबरलाई जानकारी दिए ।
त्यसैगरी वडा नम्बर ११ मा १ कराेड, १२ मा ६९ लाख, १३ मा ५० लाख र वडा नम्बर १४ मा ४९ लाख बराबरकाे याेजनामा नगरस्तरीय बजेट विनियाेजन गरिएकाे उनले बताए ।
त्यस्तै नगरस्तीय बाहेक पूर्वाधार विकास, सामाजिक, आर्थिक स्वास्थ्य लगायत क्षेत्रकाे विकासका लागि १४ वटै वडालाई एक/एक करोड बजेट बाँडफाँड गरिएको नगरउपप्रमुख थाेकरले बताइन् ।
नगरसभामा उपप्रमुख थाेकरबाट प्रस्तुत भएकाे बजेटमा नगरपालिकाकाे शिक्षा युवा तथा खेलकुद शाखालाई २ कराेड ८० लाख ३६ हजार, कानून तथा फैसला कार्यान्वयन शाखाका लागि ३६ लाख ५० हजार, सामाजिक विकाश शाखाका लागि १ कराेड ४६ लाख ५० हजार, प्रशासन शाखाका लागि १९ लाख रुपैया विनियाेजन भएकाे थाेकरले सिभिलखबरलाई बताइन् ।
त्यस्तै गरी आयुर्वेद शाखालाई १६ लाख, राजश्व शाखालाई ९ लाख ५० हजार, पूर्वाधार विकास शाखालाई ४२ लाख, सूचना प्रविधी उपशाखालाई २४ लाख रुपैया, स्वास्थ्य शाखालाई १ कराेड ६ लाख रुपैया छुट्याइएकाे छ भने पशु शाखाका लागि २६ लाख ५० हजार, कृषि शाखाका लागि १ कराेड ११ लाख र वन वातावरण सरसफाइ तथा विपद ब्यवस्थापन शाखाका लागि ५१ लाख ३० हजार रुपैया रहेकाे उपप्रमुख थाेकरले बताइन् ।