• आइतवार, आश्विन ४ गते २०८३

गाडी नपाएको झोँकमा काँग्रेसका प्रतिनिधिद्वारा भिमसेन थापा गाउँसभा बहिष्कार

गाडी नपाएको झोँकमा काँग्रेसका प्रतिनिधिद्वारा भिमसेन थापा गाउँसभा बहिष्कार

गाडी नपाएको झोँकमा काँग्रेसका प्रतिनिधिद्वारा भिमसेन थापा गाउँसभा बहिष्कार

  • 4.7K
    SHARES

  • गाडी नपाएको झोँकमा काँग्रेसका प्रतिनिधिद्वारा भिमसेन थापा गाउँसभा बहिष्कार

    गोरखा। गाउँपालिका उपाध्यक्षले गाडी माग गरेकोमा उक्त प्रस्ताव असफल भएपछि गोरखाको भिमसेन थापा गॉंउपालीकाको बजेट अधिवेशन नेपाली कॉंग्रेसका प्रतिनिधिहरुले बहिष्कार गरेका छन्।

    स्थानीय तहकाे वजेट जनमुखी नभएर जनप्रतिनिधिकाे सेवा सुविधामा वढी विनियाेजन भएकाे भन्दै चर्काे आलोचना भइरहेका वेला गोरखा जिल्लाकाे भीमसेन थापा गाउँपालिका उपाध्यक्ष अमृतादेवी वस्तीले आफूलाइ गाडी खरिदका लागि उचित बजेट नदिएकाे भन्दै गाउँपालिका सभा बहिष्कार गरेकी हुन् । बिगत केहि समयदेखि उप-प्रमुख वस्तीले आंफुले पनि नयाँ गाडी चढ्न पाउनुपर्ने माग गर्दै आएकी थिइन्।

    पालिकाका एक कर्मचारीका अनुसार, पछिल्लाे समय भीमसेन थापा गाउँपालिकामा जनमुखि काम हुन थालेपछि नेपाली काँग्रेसबाट आएका जनप्रतिनिधिहरुले काम गर्न नदिने बहाना बनाउंदै उक्त गाउँ सभा बहिष्कार गरेको बताए।

    देशका धेरै स्थानिय तहहरुमा जनप्रतिनिधिले चढ्ने गाडि विक्री गरेर एम्बुलेन्स खरिद गरेका समाचार आइरहेका बेला भीमसेन थापा गाउँपालिकामा भने केही जनप्रतिनिधिहरुले आफ्नै सुविधाका लागि अनेक वाहानामा विलासिताको साधन माग गरेका छन् ।

    भीमसेन थापा गाउँपालिका उप प्रमुख वस्तीका अनुसार, विराेध गर्ने पार्टीकाे नीति अनुसार सभा बहिष्कार गरिएकाे हो र हामीले हस्ताक्षर गरेर नै बहिष्कार गरेको बताइन।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ ३१ २०७९०५:२८:५९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology