गोरखा। धार्चे गाउँपालिकाले करारको कर्मचारी हटाउने निर्णय गरेपछि सेवाका कर्मचारी आन्दोलित भएका छन् ।
असार ३१ गते गाउँ कार्यपालिकाको बैठकले विद्यालयका शिक्षक तथा कर्मचारीहरु सबै, अस्थायी सेवा करार, ज्यालादारीमा कार्यरत कर्मचारी हटाउन गरेको निर्णय प्रति ध्यानाकर्षण भएको बताएका छन् ।
१५ जना भन्दाबढि कर्मचारीले प्रेस बिज्ञप्ती जारी गर्दै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, पशु, कृषि शाखा, सुचना प्रविधि, शिक्षा शाखा, राजेगार, पञ्जिकरण, सवारी चालक र सबै कार्यालय सहयोगीको साउन १ गतेदेखि लागु हुने गरी बिना मापदण्ड सेवा थप नगर्ने निर्णय भएको बिज्ञप्तीमा उल्लेख छ ।
संघियता लागु हुनु अघि देखि काम गर्दै आएका, फरक क्षमता भएका कर्मचारीमाथि समेत पूर्वाग्रह राखेर अदुरदर्शी, प्रतिशोधपूर्ण निर्णय गरिएको बिज्ञप्तीमा उल्लेख छ ।