• सोमवार, श्रावण ११ गते २०८३

दोस्रो लिगलिग पालुङटार महोत्सव असोज ३ गते देखि हुने

दोस्रो लिगलिग पालुङटार महोत्सव असोज ३ गते देखि हुने

दोस्रो लिगलिग पालुङटार महोत्सव असोज ३ गते देखि हुने

  • 5.8K
    SHARES

  • दोस्रो लिगलिग पालुङटार महोत्सव असोज ३ गते देखि हुने

    गोरखा । दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा असोज ३ गतेदेखि ११ गतेसम्म महोत्सव हुन लागेको हो ।

    आज (बिहीबार) ठाँटीपोखरीमा पत्रकार सम्मेलन सम्मेलन गर्दै पालुङटारलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्वेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष मानबहादुर आलेले बताए  ।

    महोत्सवमा स्थानिय ब्यापारीलाई प्रथामिकता दिने अध्यक्ष आलेकोे भनाई छ ।  महोत्सवमा साँस्कृतीक कार्यक्रम, नगर स्तरीय लोकदोहोरी प्रतियोगिताको समेत आयोजना हुने छ ।

    यस अवधिभर करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको लागि भनेर विभिन्न २४ वटा समिति समेत निर्माण गरिएको वरिष्ठ उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

    महोत्सवबाट ९ लाख नाफा कमाउने लक्ष्य लिएको छ । नाफा भएको रकमबाट उद्योग बाणिज्य संघको भवन बनाउन जग्गा किन्ने तथा भवन निमार्ण गर्ने अध्यक्ष आलेले बताए  ।

    महोत्सवमा एक सय वटा स्टल रहने छ। त्यस्तै महोत्सवमा स्थानिय उत्पादनदेखी ब्यवसायीक स्टलहरु रहने आयोजकले जनाएको छ ।  महोत्सवमा ६५ लाख रुपैया बराबरको कारोबार हुने  आयोजकले अनुमान गरेको छ ।

    लमजुङ र तनहुँको समेत सिमाना रहेको पालुङटार महोत्सवमा बिद्यार्थीहरुका लागि ५० र सर्व साधारणलाई १०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको छ ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र १६ २०७९०९:०८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology