पैसा र पदमा बिके नेता !
रक्सी र मासुमा बिके नेता !
त्यसैले चाईदेन मलाई टिके नेता !!
जनताका अधिकारलाई पैतलाले कुन्चिएर !
आफ्ना स्वास्नीको फरियामा बिके नेता !
त्यसैले ……. !!
यो पद र उ पदमा कर्याकर्ता भिडाउदै
अफ्ना आसे-पासेको कुरामा झुके नेता
त्यसैले …….. !!
हिजोको जनयुद्ध लड्नेलाई छोडेर !
भरौटे र गद्दारको कुरामा बिके नेता !
त्यसैले ………. !!
सोझा र ईमनदार कर्याकर्ताको मन भाचेर !
दुई दिन चिप्लो कुरा घस्नेको कुरामा बिके नेता !
त्यसैले …….!!
ब्यापारी र माफियाको वरिपरी घुम्न थालेपछी !
सहिद र ब्यपत्ता परिवारलाई भुल्ने नेता !
त्यसैले ……!!
थाहा छ मलाई तिम्रै बिर्ता हो नेपाल बनाउन-बनाउ !
ब्यापारी नेता , कर्मचारी नेता, भ्रष्ट नेता, फटाह नेता !!
त्यसैले हुनु छैन मलाई टिके नेता !!
हो राजीनामा दिदै छु , तिम्रो प्रस्तावको विपक्षमा म !
किनकि म मामुली कर्याकर्ता न हु , न पैसा छ ,न म तिमीलाई ढोग्छु !
त्यसैले हुनु …….. !!