प्रकाश सपूतको सकम्बरी गीत १० दिनमा १४४,४४,०७५ पल्ट हेरीएको र रेकर्ड राख्न सफल गीत मध्ये नै पर्दछ । सपूतले बेला बेलामा समय सान्दर्भीक गीत श्रोता मांझ ल्याएका छन् । ३ घण्टामा फिल्मले दिने शिक्षा १५ मिनेटको गीतले समेट्न खोजेको छ । अर्थात एउटी पीडित महिलाको जिन्दगीलाई छोटो समयमा प्रस्तुत गर्न खोजेको छ । यो गीतको बारेमा कतिले सकरात्मक त कतिले नकरात्मक प्रतिकृया दिएका छन् । गीतले एउटी महिला गाँउदेखि शहरसम्म आई आफनो क्यारियरको लागि गरेको सँघर्षको क्रममा उनीले भोगेका यौन हिंसा समेत देखाउन खोजेका छन् भने यसलाई अधिकारकर्मी, रात्रीकालिन व्यवसायी सघं लगायतले बिरोध पनि गरेका छन् र समाजमा देखिएको बिकृतीको बारेमा जनमानससम्म पुरयाउन खोजेको छ ।
सकम्बरी नाम नै मन छुने खाले शब्द छ । यो नामको बास्तबिकता के रहेछ भनि वरिष्ठ पत्रकार बबिता बस्नेतले आफनो यू ट्युब मार्फत स्पष्ट पारेकी छिन । शिरीसको फूल उपन्यासको नाम सुनेकी थिए त्यसमा एउटी पात्रको नाम नै सकम्बरी रहेको छ । सपूत पनि दोहोरी साँझबाटै यस क्षेत्रमा प्रबेश गरेको हुँदा उनलाई यस क्षेत्रको अनुभव रहेको नकार्न सकिदैन ।
फूलमायादेखि सकम्बरीसम्म बनेका र प्रयासरत महिलाहरुसँग म स्वयँले प्रत्यक्ष रुपमा भेटी काम गर्ने गरेकी छु । उहाँहरुसँग प्रत्यक्ष भेटघाटमा आफ्नो पेशाको बारेमा घरमा थाहा दिइरहेको हुदैनन् । उहाँहरुको अनुरोधलाई स्विकारी गोपनियताको हकलाई मध्यनजर गर्दै उहाँहरुको घरमा कुरा गर्दा धेरैको परिवारलाई आफना चेलीले शहर बजारमा के काम गर्छ ? भन्ने थाहा रहेनछ । निजहरुको परिवारसँग कुराकानी गर्दा कसैले मेरी छोरीले खासै पढेलेखेकी छैन । काठमाडौंमा व्यूटी पालर(पार्लर)मा कपाल काट्ने, केटीहरुलाई राम्री बनाउने काम गर्छे । महिनाको २० हजार रुपैयाँँ कमाउँछे । कहिले काही घर खर्च पठाउछे । कसैले छोरी मेनपावरमा काम गर्छ । काम चिया पकाउने, झाडुपोछा लाउने, मानिसहरुको पासफोटो(पासपोर्ट) जम्मा गर्ने काम गर्छे महिनाको ३० हजार कमाई हुन्छ । उनीले नै घर धानेकी छे । ती परिवारलाई के थाहा छोरीले पठाएको पैसाको छोरीको आँशु पनि छ भनि । यो त प्रतिनिधी बाक्याशं मात्र हो ।
नेपालको कानुनमा यौन पेशा गर्न हुन्छ वा हुन्न भन्ने कानुन मौन छ । बिभिन्न सुचनाको आधारमा कुनै बेला प्रहरीमा छापा मार्दा उद्दार भएका महिला, बालिकाहरुलाई बिभिन्न सस्ँथामा सँरक्षणको लागि पठाउने गर्दछ । नेपालमा कति महिलाहरु मनोरञ्जन क्षेत्रमा सँलग्न छ भन्ने तथ्याँक छैन, बार्षिक कति नव प्रबेशी हुन्छन भन्ने भनि तथ्याँक छैन तर बाध्यता, साथीहरुको लहलहैमा लागेर, माग बढेको कारणले गर्दा यो पेशामा नाबालिकाहरुको प्रबेश धेरै मात्रामा बढेको छ भन्ने अनुसन्धान, अनुभवले देखाएको छ । यो पेशामा बाध्यताले प्रबेश गरेकै भएतापनि पछि गएर धुम्रपान, मध्यपान, पैसामा बानी परेपछि यो पेशा आवश्यकतामा परिणत हुन्छ । सकम्बरी गीतको माध्यमबाट सपूतले यस्तो घटनाहरु व्याप्त छ, गीतको माध्यमबाट समाजलाई खवरदारी गर्न खोजेको र सरकारलाई सचेत भै समस्या समाधानको लागि जागरुक गर्न खोजेको छ । तर बिडम्बना जाग्नु पर्ने ३ तहकै सरकार मौन छ भने अधिकारकर्मीहरु सरकारलाई झकझकाइ समस्या समाधानको बाटो खोज्नु साटो महिलाहरुले झुम्का, बाला, स्कुटर किन्न सक्दैन ?
महिलाको अस्मीतासँग खेलबाद गरयो भनि आफनो आक्रोश व्यक्त गर्दैछ । यो समस्या व्यक्ति बिशेषको मात्र नभै सिंगो राष्ट्रको समस्या हो । साथै मनोरञ्जन क्षेत्र अर्थात अनौपचारिक क्षेत्रमा कार्यरत सबै यस्तै हुन्छ भनि बुझ्नु पनि गलत नै हो ।
आज हाम्रो बालबालिका किताब कापी बोकी स्कुल जान छोडी डान्सबार, रेष्टुरेन्टमा कामदारको रुपमा काम गर्दै कति शोषित भै रहेका छन् भने भोलिको देशको अवस्था के होला ? हामीले नहेरी कसले हेर्ने ? अहिले नहरे कहिले हेर्ने ? जिम्मेवारी सरकार, अभिभावक र नागरिक समाज सबैको होइन र ? आफना बालबालिका स्कुल नगइ कहाँ कसको सँगतमा हिडेको भनि अभिभावकले चेतना खुलाउनु पर्ने होइन ? हरेक पालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गर्न सक्दैन ? आफनो क्षेत्रमा खोलिएको व्यवसायमा के कसो गर्दै छ ? बनेका नियम कानुन पालना भएका छ, छैन?
अपुग कानुन बनाउन तथा परिमार्जन गर्न दायित्व राज्यको होइन र? बेलामै सचेत नभएमा सकम्बरी गीतमा अन्तिममा सकम्बरीले भने झै यो पेशामा लाग्न बाध्य गराउने, बाध्यताको फाइदा उठाउने, बेलामा सचेत नहुने नगराउने सबैलाई पाप लाग्छ ।