• आइतवार, आश्विन ४ गते २०८३

साम्बा र करण बने वर्ष उत्कृष्ट खेलाडी

साम्बा र करण बने वर्ष उत्कृष्ट खेलाडी

साम्बा र करण बने वर्ष उत्कृष्ट खेलाडी

  • 8.9K
    SHARES

  • साम्बा र करण बने वर्ष उत्कृष्ट खेलाडी

    नेपाली राष्टिय क्रिकेट टोलीका अलराउण्डर करण केसी र राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा वर्ष उत्कृष्ट खेलाडी बनेका छन्। 

    नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको सातौं पोखरा स्पोर्टस् अवार्डमा करण र साम्बा वर्ष उत्कृष्ट खेलाडी बनेका हुन्। 

    वर्षखेलाडी बनेसँगै करण र साम्बाले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर हात पारे। 

    पोखरा सभागृहमा शनिबार भएको स्पोर्टस् अवार्डमा उदीयमान खेलाडीको अवार्ड क्रिकेटकै सुवास भण्डारीले पाए। उदीयमान खेलाडी सुवासले ३५ हजार रुपैयाँ पाए। 

    त्यस्तै बर्ष  प्रशिक्षकको अवार्ड आर्चरीका किशोर कुमार गुरुङले हात पारे। यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई सम्मानित भए।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology