• सोमवार, श्रावण ११ गते २०८३

चेपे खोलामा ९.०५ मेगावाटको जलविद्युत बन्ने

चेपे खोलामा ९.०५ मेगावाटको जलविद्युत बन्ने

चेपे खोलामा ९.०५ मेगावाटको जलविद्युत बन्ने

  • 7.4K
    SHARES

  • चेपे खोलामा ९.०५ मेगावाटको जलविद्युत बन्ने

    गोरखा र लमजुङको सीमानामा पर्ने चेपे खोलामा ९.०५ मेगावाटको जलविद्युत बन्ने भएको छ । 

    सुपर चेपे जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) समेत  भएको छ ।‘टेक अर पे’ को आधारमा केही महिना अगाडी नै  नेपाल विद्युत् प्राधिकरण र निर्माण कम्पनी रिज लाइन इनर्जी प्रालिबीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौतामा प्राधिकरणको तर्फबाट अनुगमन योजना तथा सूचना प्रविधि निर्देशनालयका उप कार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष बसन्त गिरीले हस्ताक्षर गरेको अर्का सञ्चालक प्रकाश तिवारीले  सामाजिक पत्रलाई जानकारी दिए ।

    आयोजनाको लागत एक अर्ब ६५ करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको सञ्चालक प्रकाश तिवारीले जनाए  ।

    आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । स्थानीय निकाय र जनताको समेत चासो र सहयोग रहेको दुधपोखरी चेपे आयोजना प्राविधिक रुपमा पनि राम्रो रहेको तिवारी बताउछन्  ।

    जलविद्युत् लमजुङ र गोर्खाको सीमाना अजिरकोट र दुधपोखरी गाउँपालिकामा बन्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology