• सोमवार, श्रावण ११ गते २०८३

भिमसेन थापा गाउँपालिकाको निर्णय : जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने

भिमसेन थापा गाउँपालिकाको निर्णय : जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने

भिमसेन थापा गाउँपालिकाको निर्णय : जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने

  • 11.5K
    SHARES

  • भिमसेन थापा गाउँपालिकाको निर्णय : जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने

    भिमसेन थापा गाउँपालिका भित्रका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यलयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।

    गाँउपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका सबै पदाधिकारीहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउनु पर्ने निर्णय गरिएको जनाएको छ ।

    गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्याउने उद्धेश्यले यस्तो निर्णय गरिएको गाँउपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले बताए  ।

    गाउँ कार्यपालिकाबाट सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालवालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गरिएको उनले बताएका हुन् ।

    जनप्रतिनिधि र कर्मचारीले अनिवार्य रुपमा आफ्ना बाबुनानीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराई गाउँपालिकाको शिक्षालाई बालमैत्री, गुणस्तरिय, प्रतिस्पर्धी एवं नतिजामुलक बनाउन सहयोग गरिदिन गाँउपालिका अध्यक्ष बञ्जाराले आग्रह समेत गरेका छन्   ।

    आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराएको जानकारी गाँउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा उपलब्ध गराउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत चित्र बहादर अधिकारीले बताए  ।

    शाखाको निर्णय कार्यान्वयनका लागि सम्वन्धित सबै पक्षसँग समन्वय, सहजीकरण गरी प्रभावकारी रुपमा अनुगमन हुने उनको  भनाई छ ।

    यसअघि अजिकोट गाँउपालिकाको  गाँउ कार्यपालिकाकाको बैठकले पनि सार्वजनिक पद धारण गरेका सबैले आफ्नो बालबालिका सामुदायिक विद्यलयमा पढाउनु पर्ने निणर्य गरिसकेको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology