• सोमवार, श्रावण ११ गते २०८३

उद्योगपति वरुण चौधरी भन्छन् असफताले नै सफल बनाउने हो आत्तिनु हुदैन

उद्योगपति वरुण चौधरी भन्छन् असफताले नै सफल बनाउने हो आत्तिनु हुदैन

उद्योगपति वरुण चौधरी भन्छन् असफताले नै सफल बनाउने हो आत्तिनु हुदैन

  • 3.1K
    SHARES

  • उद्योगपति  वरुण  चौधरी  भन्छन् असफताले नै सफल बनाउने हो आत्तिनु हुदैन

    काठमाण्डौ - चौधरी ग्रुपका निर्देशक एवं सिजि कर्प ग्लोवलका प्रवन्ध निर्देशक वरुण चौधरीले सफल हुनु र असफल हुनुले धेरै फरक नपर्ने वताएका छन् ।

    काठमाण्डौ स्थित आर्मि अफिसर्स क्लवमा गत शुक्रवार आयोजित एलजि सिने सर्कल अवार्ड समारोहमा  बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामान्य प्राविधिक देखि हाईप्रोफाईल व्यक्तिहरुसँग फोटो खिच्ने गफगाफ गर्ने कार्य सामान्य व्यक्तिसरह गरेका थिए । 

    आफ्नो जीवनमा घटेका घटना तथा अनुभव सुनाउदै “असफलताहरूबाट नै पाठ सिकेर अगाडि बढ्न सकिन्छ । “losing is not when you fall down, it’s when you refuse to get up " अर्थात असफल हुनु भनेको हार्नु होईन् यो त फेरि उठेर जित्ने मौका हो । सफलता भनेको तपार्इँले के गर्नुहुन्छ भन्ने मात्र होईन् अरुलाई सफल बनाउन कति प्रेरीत गर्नुहन्छ भन्ने पनि हो । ” कार्यक्रममा उनले भने । उद्योगपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरी गत ७ बर्षदेखि एलजि सिने सर्कल अवार्डका संरक्षक रहेर चलिचत्र अवार्डमा सक्रीय रहेका छन् ।

    उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएकोको कार्यक्रममा बोल्दै उनले जीवनमा सिक्ने तरिकाहरु धेरै भएको र चलचित्र देखेर सिक्ने कलाभित्र पर्ने वताए । मानिसको जिवनमा मनोरञ्जन मात्र नभएर जीवनको ज्ञान समेत दिने भएकोले चलचित्र मनोरञ्जनको क्षेत्र मात्र नभएर ज्ञानको खुल्ला किताब पनि भएको उनको तर्क रहेको थियो । बोल्दा बोल्दै रमाईलो तरीकामा हिन्दी डायलग याद गर्दै उनले भने “कभि कभि जित्नेको लिए कुछ हार्न भि पड्ता है, और हारकर जीत्ने वालेको बाजिगर कहेते है ।” हजारौँ चलचित्रकर्मि काम गर्ने चलचित्र क्षेत्रमा एक जनाले अवार्ड पाँउदा धेरैले नपाउने कुरा सत्य रहेका भन्दै आफुले अवार्ड पाउने गरि कार्य गर्दै सफल बन्न अनुरोध समेत गरेका थिए ।

    कोभिडले रोकिएको विगत तिन वर्षको अवार्ड प्रदान गरिएको यस कार्यक्रममा उपराष्ट्रपतिको अलवा मा. रञ्जु झा, अनुराधा कोईराला, वशुन्धरा भुसाल, चैत्य देवी, नायक प्रदिप खड्का, पल शाह लगायत चर्चित नायक तथा नायीकाहरू, चलचित्र निर्देशकहरू , विभिन्न क्षेत्रका ख्यातीप्राप्त ब्यक्तिहरु, ऊद्योगी, व्यवसायी, आदिको उपस्थिति रहेको यस कार्यक्रममा उनले लाईफ टाईम अचिभमेन्ट अवार्ड मेकपम्यान सन्तु तामाङ तथा भान्से जेठादाई प्रदान गरेका थिए भने यस वर्षको उत्कृष्ट नायक हरिवंश आचार्य लाई तथा उत्कृष्ट नायिका केकि अधिकारी तथा ऊत्कृष्ट अभिनयको लागि नायक प्रदिप खड्का तथा नायिका दिया मास्केलाई क्रिटिक्स अवार्ड वरूणको हातबाट प्रदान गरिएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology