• सोमवार, श्रावण ११ गते २०८३

पलप्रति दीपकराजको टिप्पणी : हिजाे भगवान बनाए, आज राक्षस भयौ

पलप्रति दीपकराजको टिप्पणी : हिजाे भगवान बनाए, आज राक्षस भयौ

पलप्रति दीपकराजको टिप्पणी : हिजाे भगवान बनाए, आज राक्षस भयौ

  • 2.8K
    SHARES

  • पलप्रति दीपकराजको टिप्पणी : हिजाे भगवान बनाए, आज राक्षस भयौ

    काठमाडौँ- टेलिभिजन ‘ह्वाट द फ्लप’ शोमा आफ्नो जेल जीवनको अनुभव सुनाएको कारण अभिनेता पल शाह सामाजिक सञ्जालको तारो भइरहेका छन् । यो अन्तर्वार्ता विवादित भएको कारण युट्युबबाटै हटिसक्यो ।

    सामाजिक सञ्जालको विभिन्न टिप्पणीको पलले सामाजिक सञ्जाल मार्फत लामो स्टाटस पोष्ट गर्दै जवाफ समेत दिइसकेका छन् । पलको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्फ–वितर्क चलिरहेका छन् ।

    यस्तैमा कलाकार दीपकराज गिरीले उनी प्रति टिप्पणी गर्दै हिजो भगवान् बनाएकाले नै अहिले राक्षस बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो धारणा राखेका हुन् ।

    ‘हिजो तिमीलाई भगवान् बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी । त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि’ दीपकले फेसबुकमा लेखेका छन् ।

     

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २६ २०८००३:२२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology