• आइतवार, आश्विन ४ गते २०८३

सुपरस्टार नायक भुवन केसीको चौतर्फी आलोचनापछि मध्यरातमा जीयाको लाइभ–‘आत्महत्या गरौं जस्तो लाग्दैछ’

सुपरस्टार नायक भुवन केसीको चौतर्फी आलोचनापछि मध्यरातमा जीयाको लाइभ–‘आत्महत्या गरौं जस्तो लाग्दैछ’

सुपरस्टार नायक भुवन केसीको चौतर्फी आलोचनापछि मध्यरातमा जीयाको लाइभ–‘आत्महत्या गरौं जस्तो लाग्दैछ’

  • 3.1K
    SHARES

  • सुपरस्टार नायक भुवन केसीको चौतर्फी आलोचनापछि मध्यरातमा जीयाको लाइभ–‘आत्महत्या गरौं जस्तो लाग्दैछ’

    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध नायक भुवन केसीले ३ बर्ष अगाडि जिल्ला अदालतमा मुद्दा दायर गरे । साम्राज्ञीले आफ्नो बेइज्जत गरेको भन्दै उनले १० करोड क्षतीपूर्तीको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए । तर, बुधबार जिल्ला अदालतले फैसला सुनाउँदै भुवनको दाबी नपुगेको उल्लेख गर्यो । जसकाकारण, साम्राज्ञीले भुवन विरुद्धको यो मुद्दा जितेकी छिन् । 

    यसपछि, सामाजिक संजालमा भुवन केसीलाई गाली नै गाली आइरहेको छ । सामाजिक संजालमा गालीको वर्षात नै भएपछि मध्यरातमा नायिका जीया केसीले टिकटकमा लाइभ कुराकानी गर्दै दुःख व्यक्त गरिन् । यतिमात्र होइन, ४० बर्षदेखि फिल्म क्षेत्रमा काम गरेको व्यक्ति विरुद्ध यति धेरै गाली गलौज भएको देख्दा आफूलाई आत्महत्या गरौं जस्तो लागेको जीयाको भनाई छ । जीयाले भनेकी छिन्–‘भुवन केसीजीले केही पनि भन्नु भएको छैन । केही पनि गर्नु भएको छैन । केही पनि नगर्दा यति धेरै गाली गलौज खानु परेको छ । आज उहाँले गाली खानुको कारण म नै हुँ । किनकी, ड्रिम्स फिल्मकी नायिकालाई मेरै कारणले उहाँहरुले फिल्ममा लिनुभएको हो ।’

    जीयाले अगाडि भनेकी छिन्–‘उहाँले बोल्दा भुवन केसीलाई केही पनि भनेको छैन भन्नुहुन्छ । तर, मेरो पहिलो फिल्मको निर्देशक भन्नुहुन्छ । यी सबै कुरा सहन नसकेर भुवन केसीले अदालतमा मुद्दा हाल्नुभएको थियो । आज मेरै कारणले भुवन केसीले गाली खाइरहनुभएको छ । यसले मलाई एकदमै दुःखी बनाएको छ । मलाई त आत्महत्या गर्छु होला जस्तो अनुभव भैरहेको छ ।’

    जीयाले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम नलिई भनेकी छिन्–‘उहाँले के भन्न खोजेको हो ? के गर्न खोजेको हो ? मलाई एकदमै दुःख लागेको छ ।’ जीयाले भुवन केसीले ४० बर्षदेखि नेपाली फिल्म क्षेत्रमा यति धेरै योगदान दिएपनि आम मानिसहरुले यो बिर्सिएको तर्फ संकेत पनि गरेकी छिन् । 

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८०१०:१३:१४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology