• आइतवार, आश्विन ४ गते २०८३

अब गोरखा बजारमा उत्तरी बारपाकको अर्गानिक तरकारी आउने तयारीमा

अब गोरखा बजारमा उत्तरी बारपाकको अर्गानिक तरकारी आउने तयारीमा

अब गोरखा बजारमा उत्तरी बारपाकको अर्गानिक तरकारी आउने तयारीमा

  • 13.0K
    SHARES

  • अब गोरखा बजारमा उत्तरी बारपाकको अर्गानिक तरकारी आउने तयारीमा

    काठमाडाै- गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका वडा न २ बारपाकको मान्द्रे क्षेत्रमा उत्पादीत अर्गानिक तरकारी गोरखा बजारमा बिक्रीका लागि ल्याउने भएको हो ।बारपाकबासीले तरकारी पठाउनका लागि अहिले बारपाक ग्रामिण बजार तथा संकलन केन्द्रको समेत स्थापना गरीसकेको छ ।

    केन्द्रले हुईचे, अलगम, मान्द्रे र दरगाउँ थैलीडाँडा कृषक समूहबाट उत्पादित अर्गानिक तरकारी गोरखा बजारमा पठाउन लागेको संकलन केन्द्रका अध्यक्ष मनबहादुर गुरुङले बताए । यस ठाउमा गोलभेडादेखी काँक्रोसम्म उत्पादन हुन्छ। उत्पादीत अर्गानिक तरकारी पहिलो पटक बिक्रीका लागि गोरखा बजार पठाउन लागेका हौ ।

    केन्द्रले शुक्रबारदेखी तरकारी संकलन गर्ने र शनिबार गोरखा बजार पठाउने तयारी थालेको  संकलन केन्द्रका अध्यक्ष गुरुङले बताए ।तरकारीहरू जस्तै  गाेलभेडा, काउली, बन्दा, सिमी, घिरौला, खुर्सानी, काक्रो, फर्सी, लौका, कागती, चिचिन्डा, भेन्टा अादि र फलफुलहरूमा अब्बा, निवुवा, कागती, केराहरु उत्पादन हुने गर्दछ ।

    बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिण्णुप्रसाद भट्टका अनुसार सो क्षेत्रमा उत्पादन भएका तरकारीलाई आयआर्जन तथा पर्यटन संग जोडन सकिएको खण्डमा किसानहरुको आर्थिक आयआर्जन बृद्वि सम्भव भएको बताए ।

    संकलन केन्द्र बारपाक सुलिकोट गाउँपालिका  बारपाक रहेएकाे  केन्द्र पालिका अध्यक्ष बिण्णुप्रसाद भट्टले  उदघाटन गर्दै गर्दा उनले भने  गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा किसानहरुलाई ब्यवसायीक बनाउदै उत्पादन बृद्विमा जोड दिइएको छ । ‘उत्पादीत तरकारी बिक्रीको आधारमा किसानलाई समर्थन मुल्यमा थप ५ प्रतिशत रकम पालिकाले अनुदान उपलब्ध गराउने तरकारी मूल्या पनि ताेकिएकाे छ ।गाउँपालिकाले किसानलाई दिने अनुदान रकम भने किसानको ब्यक्तिगत खातामा बर्षको २ पटक जम्मा गरिदिने ब्यवस्था गाउँपालिकाले मिलाएको बताएका छन्।

    सामाजिकपत्र

    • शनिवार, आषाढ ३० २०८००७:५२:३२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology