• आइतवार, आश्विन ४ गते २०८३

गोरखाको बारपाकमा भ्यू टावर निर्माण, असार भित्रै खुल्ला गरिने

गोरखाको बारपाकमा भ्यू टावर निर्माण, असार भित्रै खुल्ला गरिने

गोरखाको बारपाकमा भ्यू टावर निर्माण, असार भित्रै खुल्ला गरिने

  • 3.0K
    SHARES

  • गोरखाको बारपाकमा भ्यू टावर निर्माण, असार भित्रै खुल्ला गरिने

    गोरखा- पर्यटकीय गन्तब्य बारपाकमा भ्यू टावर निर्माण भएको छ । बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरी टावर निर्माण गरिएको हो ।

    बारपाक सुलिकोट गाउँपालिका–२ को कोट डाडाँमा निर्माण भएको भ्यू टावर यसै बर्षको असार दोस्रो सातादेखी खुल्ला गरिने पालिकाका ईन्जिनियर अविनव गौतमले जानकारी दिए । उनका अनुसार टावरमा फलामको रेलिङ हाल्न र रंगरोगन बाँकी भएकोले असारको पहिलो हप्ता काम सकेर दोस्रो हप्ताबाट खुल्ला गर्न खोजिएको बताए ।

    सिराइचुली निर्माण सेवाले ५४ लाख १३ हजार ३०७ रुपैयाँ ९ पैसामा निर्णण गरेको उक्त टावरको बाँकी काम भने उपभोत्ता समिति मार्फत गर्न लागिएको छ । टावरमा राखिने रेलिङको काम उपभोत्ता समिति मार्फत गर्न खोजिएको पालिकाले जनाएको छ ।

    रेलिङका लागि करिब १५ लाख रुपैयाँ बिनियोजन भई सकेको र केही दिनभित्रैबाट कामको थालनी हुने पनि ईन्जिनियर गौतमले जानकारी दिए ।

    ०७६ साल माघ २७ गते सम्झौता भएर काम थालेको उक्त टावर खुल्ला गरे संगै बारपाक र वरपरका दृष्यका साथै बौद्व हिमाल सहजै दृश्यावलोकन गर्न सकिने छ ।

    सामाजिकपत्र

    • शनिवार, श्रावण ६ २०८००९:३१:४१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology