नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं बनेकी छिन्। उनले नगद ५० लाख रुपैयाँ जितेकी छिन् ।
त्यस्तै , किरणकुमार भुजेल सेकेन्ड रनर अप र प्रवीण वेडवाल फर्स्ट रनर अप भए। प्रवीणले पुरस्कारस्वरुप नगद १० लाख जितेका छन्। त्यस्तै किरणले नगद ५ लाख रुपैयाँ जित्न सफल भए ।
एपी१ टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडलको विजेता घोषणा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भिडियो सन्देशमार्फत गरेका थिए ।
कोभिड १९ ले नेपाल आइडल निर्माण टोलीका १ सदस्यलाई पनि कोरोना पोजिटिभ देखिएपछि भिडियोमार्फत विजेता घोषणा गरिएको जानकारी दिइएको थियो।