• सोमवार, श्रावण ११ गते २०८३

एमबिबिएस पढ्नेलाई बारपाक सुलिकोट गाउँपालिकाले तीन लाख छात्रवृत्ती दिने

एमबिबिएस पढ्नेलाई बारपाक सुलिकोट गाउँपालिकाले तीन लाख छात्रवृत्ती दिने

एमबिबिएस पढ्नेलाई बारपाक सुलिकोट गाउँपालिकाले तीन लाख छात्रवृत्ती दिने

  • 2.9K
    SHARES

  • एमबिबिएस पढ्नेलाई बारपाक सुलिकोट गाउँपालिकाले तीन लाख छात्रवृत्ती दिने

    गोरखा- बारपाक सुलिकोट गाउँपालिकाले एमबिबिएस पढ्न चाहाने विद्यार्थीलाई जनही ३ लाख उपलब्ध गराउने भएको छ । जेहेन्दार भएर पनि आर्थिक कारणले एमबिबिएस पढ्न नसक्ने विद्यार्थीलाई मध्येनजर गरी उक्त कार्यक्रम ल्याइएको बारपाक सुलिकेट गाउँपालिकाले जनाएको छ । तर पढिसकेपछि भने ३ वर्ष गाउँपालिकाको कुनै पनि अस्पतालमा सेवा गर्नुपर्ने छ ।

    गाउँपालिका भित्र भएका सम्पूर्ण विद्यार्थीहरुका लागि विद्यालय शिक्षा (+ २) सम्म अनिवार्य र निःशुल्क दिने घोषणा पनि गरेको छ । बारपाक बहुप्रविधिक शिक्षालयलाई आवास सहित थप व्यवस्थित बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

    यस्तै लागत साझेदारी आधारमा एक शिक्षक एक ल्याटप कार्यक्रम लागु गरिने भएको छ । गाउँपालिका विभिन्न समुदायहरुले बोलिने विभिन्न प्रकारका भाषाहरुको संरक्षणका लागि तथा प्रवद्र्धन गर्नका लागि पाठ्यक्रम निर्माण गरि लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । शहिदका बालबच्चा, दन्द्धपीडित,आपाङ्गता भएका, टुहुरा, अतिबिपन्न परिवारका वाल बालिका छनौट गरि प्रविधिक शिक्षा पढ्नको लागि छात्रवृति दिने गाउँपालिकाले जनाएको छ ।

    शिक्षकहरुलाई विषयगत तालिम प्रदान गर्ने र विद्यार्थीहरुको प्रतिभाको खोजीका लागि सुलिकोटको प्रतिभा खोजी अभियान कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

    बारपाक सुलिकोट गाउँपालिका असार १० गते सार्वजानिक गरेको नीति तथा कार्यक्रममा अन्य कुराहरु पनि समेटिएका छन् । नेपाल सरकारले तोकेको निःशुल्क औषधी वितरणलाई प्रभावकारी बनाउने, हुडिफाँडमा निर्माण भइरहेको १५ शैयाको सहिद प्रेम ढकाल स्मृति ढकाल अस्पताल यथाशिघ्र निर्माण सम्पन्न गर्ने भएको छ ।

    ‘बारपाक सुलिकोटको चेली : उपाध्यक्ष कोशेली’ मार्फत गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार नियमित प्रदान गरिने भएको छ । प्रत्येक वडामा कम्तिमा १ पटक बिशेषज्ञ सहितको स्वास्थ्य शिबिर सञ्चालन गर्ने, १ वडा १ एम्बुलेन्स सेवा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउने, प्रेसरका रोगहिरुलाई निरन्तर जाँचको व्यवस्था गर्ने गाउँपालिकाकाले जनाएको छ ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण १४ २०८००५:०९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology