गोरखा- गण्डकी गाउँपालिकाले पालिका भित्र चालु आर्थिक बर्षम २०८०÷०८१ मा सञ्चालन हुने संघ तथा प्रदेशका योजनाका बिषयमा छलफल गरेको छ । गाउँपालिकाले पालिका भित्र बिनियोजित भएका योजनाहरुलाई प्रभावकारी कार्यान्वयनका लागि वडाध्यक्ष तथा कर्मचारीहरुसंग आन्तरिक छलफल गरेको गाउँपालिका अध्यक्ष दिपक तिमेल्सिना (साकार) ले जानकारी दिनुभयो ।
संघ र प्रदेशका बजेटहको प्रभावकारी अनुगमन नहुदाँ कार्यान्वयन प्रक्रिया फितलो हुने गरेको तथा बजेट अनुसारको काम नहुने गरेको नागरिकहरुको गुनासो आउने गरेकाले वडा र पालिकाले बजेटको प्रभावकारी कार्यान्वयनमा खेल्नुपर्ने भूमिका बिषयमा छलफल भएको उहाँले बताउनुभयो ।
त्यस्तै पालिका बिनियोजित बजेटको गुणस्तर कायम गर्ने र राजस्व संकलन लगायतका बिषयमा पनि छलफल भएको थियो । गाउँपालिका अध्यक्ष तिमेल्सिनाको अध्यक्षतमा भएका कार्यक्रममा उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रितेस उपरकोटी लगायतको सहभागिता रहेको थियो ।