• सोमवार, श्रावण ११ गते २०८३

पूर्वपतिको जन्मदिनमा जेरीको शुभकामना : मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

पूर्वपतिको जन्मदिनमा जेरीको शुभकामना : मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

पूर्वपतिको जन्मदिनमा जेरीको शुभकामना : मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

  • 3.1K
    SHARES

  • पूर्वपतिको जन्मदिनमा जेरीको शुभकामना : मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

    काठमाडौं- चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ(जेरी)ले पूर्वपतिको जन्मदिनमा जोडी तस्बिर शेयर गर्दै शुभकामना दिएकी छन् । श्रीमान् शंकर क्षेत्री र छोरीसहितको पारिवारिक तस्बिर पोष्ट गर्दै उनले शुभकामना दिएकी हुन् ।

    जेरीले आफूले माया दिन नसकेपनि छिट्टै अक्रो माया गर्ने व्यक्ति जिन्दगीमा आउन भन्दै पूर्वपति शंकरलाई शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ती होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’

    नेपाली सांगीतिक क्षेत्रमा बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको जोडीलाई उदाहरण्ीय जोडीको रुपमा हेरिन्थ्यो । जेरी र शंकरले २०७६ साल माघ १ गते विवाह गरेका थिए ।

     

    विवाह गरेको ३ वर्षै नपुग्दैै २०७९ कात्तिक २४ गते यी दुईले काठमाडौं जिल्ला अदालत पुगी औपचारिक रुपमा आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका थिए । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् ।

    सामाजिकपत्र

    • बिहिवार, श्रावण १८ २०८००९:३९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology