• आइतवार, आश्विन ४ गते २०८३

कि हरेक दिन राम्रो खवर सुनाउ, कि किन विदेश गाको भन्दै रोइलो गर्ने काम बन्द गर

कि हरेक दिन राम्रो खवर सुनाउ, कि किन विदेश गाको भन्दै रोइलो गर्ने काम बन्द गर

कि हरेक दिन राम्रो खवर सुनाउ, कि किन विदेश गाको भन्दै रोइलो गर्ने काम बन्द गर

  • 12.4K
    SHARES

  • कि हरेक दिन राम्रो खवर सुनाउ, कि किन विदेश गाको भन्दै रोइलो गर्ने काम बन्द गर

    भौतिक रुपमा बुझ्दा देश केवल शाशन प्रकृयाको लागी छुट्टाइएको भूगोल हो । धर्म संस्क्रिती मानिस जहाँ गए पनि रहिरहने कुरा हो । आफ्नो अमूल्य जीवन नयाँ पुस्ता निस्फिक्री ग्लोबल सिटिजन भएर बाँच्न चाहन्छ । हिजो के के थियो, भाषा र परम्परा कसरी कुन कुन स्वरुपमा क्रम बिकसित भयो, त्यो महत्वपूर्ण कुरा होईन /हुन सक्दैन । संसारको सबैभन्दा ठुलो भाषा मानबता हो । संसारको सबैभन्दा ठूलो बिकास बैयक्तिक स्वयत्तता हो । मानवता सामाजिक प्रणालि/ सुबिधा/ बिकास/ प्रबिधी आदि आदिको ब्रिहत्तर स्वरुप हो । संसार यस्तै हो, बसाईसराई चलिरहने कुरा हो । अहिले देशबाट बसाईसराई चलिरहेको छ । न जानेले जित्छन, न बस्नेले जित्छन । यो केवल प्राकृतिक नियम हो । जूनसुकै खन्डमा पनि हरेक समाजको रुपान्त्रणको आवाज उठाउनु मानिस हुनु हो । उठाउन पाईन्छ ।

    नेपालीहरुले जोडतोड्ले देशमा केही हुन्छ/ गर्न सकिन्छ भनेर गरिरहेकै छन । कतिपयलाई हैन यसरी भएन, म यसरी खुशी हुन सक्दिन लागेको छ । उनिहरु फेरि कतै गएर हुन्छ कि भनेर लागिरहेकै छन । आफ्नो खुशीको धरौटी राखेर एकबारको जीवन बेखुसिमा बिताउन पनि त भएन । चैतन्यबाजहरुको नजरमा जहाँ पुगे पनि पाउने र गुमाउने खास केही हुँदैन । स्रोत र अवसरको खोजिमा हिंड्नेहरुले पनि यस्तो त पहिले पनी थियो मज्जाले भन्न सक्छन नै ।

    बिस्तारै मानिसहरु सुबिधा र सहजताको कारणले वल्लो पल्लो देश गरिरहने छन । हामी स्वघोसित जान्ने भईरहने तर आधारभुत मानब अधिकार र राज्यको प्रात्यभुति दिन नासकिरने हो भने, धेरै मानिसहरुले अरु नै स्थानलाई आफ्नो नयाँ थलो बनाउन लागिरहने छन । यो नै सत्य हो । यो नै वास्तविकता हो । यो आजको भोली भएको कुरा होईन ।

    सामजिक बिभेद कुनै एक सम्प्रदायमा मात्र नभएर बहुसन्ख्यक कर्मयोगिहरुमा थियो र भईरहेको छ । हरेक स्नातक पढेका भाईबहिनीलाई कतिपटक घर-घडेरी कता छन ? कती पैसा कमाईस भन्दै सोधियो ? १२ हजारको तलब दिएर नर्सलाई कतिपटक के जानेकी छस ? खै दबाई दिएको भनियो ? कति पटक तैले पढेर के गरिस ? मैले फलानो कारोबार गरेर यति पैसा कमाए भनियो ? सरकारी जागिरे भए पछि कतिपटक अरु सर्बसाधारणलाई नगनेर तलाइ के थाहा छ भनियो ? अनि अहिले मानिस बाहिरिदा किन रोईलो ? सबै जना बिनोद चौधरी हुन ? ब्यापार र बिजनेश सबैले गरे सुबिधा कस्ले लिने ? यस्तो आर्थिक रुपमा असन्तुलित समाज निर्माण नयाँ पुस्ताले गरेको हो ? जिन्दगी भर जागिर खाएर मोटरसाईकल पनि चढ्न नसकिने, नचडे यस्ले त गरेन भन्ने दोहोरो मुखौडो कसको हो ? यतिले नपुगेर बाहिर बसेर देशमा रेमिट्यान्स पठाउदै सल्लहा सुजाब दिनेलाई भगौडे भन्ने तिम्रो नीचता कस्तो हो ? अनी के खोजेर मान्छे बिदेशिए भनेर रोईलो हो ?

    भस्ट्रचारीले मैले हन्दिएकै हो भन्दै हिड्छ । प्रधानमन्त्रिले जग्गा थुपर्दै हिड्छ । गाउको हरिलन्ठक नेतो पनि कसैलाई माखो गन्दैन । गाउ भरिलाई शिक्षा दिने शिक्षक कुटेर हिंडेको छ । अधिकाश शिक्षकका छोराछोरी धेरै पढेका छन र उनिहरु प्राय: अहिले बाहिर गैरहेका छन । हेरेको छौ ? देश पहिले राम्रो थियो, राजतन्त्र ल्याउन पर्छ भनेको हैन । हिजो झन लाखे पाराको थियो । अहिले पनि हल्लुड नै छ । २५ बर्ष जस्तो भयो होला, मैले मेरो गाउ सम्झन थालेको, के भयो ? के हो परिवर्तन ? १० बर्ष एउटा संबिधान लेख्न लगाको छ । एउटा सानो कार्यशैली पनि परिवर्तन गरेको छैन । अनि कसरी हुन्छ । मेसो नमिलेर हो । बल्ल सदरमुकाम, बजार छेउछाउका मान्छे नीस्किदै छन । अझ गाउगाउबाट मान्छे हराउछन ।

    कि हरेक दिन राम्रो राम्रो खबर सुनाउ । राम्रो निर्णय गरेको सूचना देउ । म जस्तै सम्भब भए सम्म फर्केर आउने सोच बोकेकालाई प्रेरणा दिने कुरा गर हैन भने बिदेश किन गाको भन्दै रोइलो नगर । मान्छेलाई आफ्नो खुशीमा रम्न देउ । हुन त एयरपोर्ट्मै हप्कि दप्की खान पर्छ के कुरा गर्नु ।

    Patharyodash Pramil

    • सोमवार, भाद्र ११ २०८००८:१३:४५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology