भौतिक रुपमा बुझ्दा देश केवल शाशन प्रकृयाको लागी छुट्टाइएको भूगोल हो । धर्म संस्क्रिती मानिस जहाँ गए पनि रहिरहने कुरा हो । आफ्नो अमूल्य जीवन नयाँ पुस्ता निस्फिक्री ग्लोबल सिटिजन भएर बाँच्न चाहन्छ । हिजो के के थियो, भाषा र परम्परा कसरी कुन कुन स्वरुपमा क्रम बिकसित भयो, त्यो महत्वपूर्ण कुरा होईन /हुन सक्दैन । संसारको सबैभन्दा ठुलो भाषा मानबता हो । संसारको सबैभन्दा ठूलो बिकास बैयक्तिक स्वयत्तता हो । मानवता सामाजिक प्रणालि/ सुबिधा/ बिकास/ प्रबिधी आदि आदिको ब्रिहत्तर स्वरुप हो । संसार यस्तै हो, बसाईसराई चलिरहने कुरा हो । अहिले देशबाट बसाईसराई चलिरहेको छ । न जानेले जित्छन, न बस्नेले जित्छन । यो केवल प्राकृतिक नियम हो । जूनसुकै खन्डमा पनि हरेक समाजको रुपान्त्रणको आवाज उठाउनु मानिस हुनु हो । उठाउन पाईन्छ ।
नेपालीहरुले जोडतोड्ले देशमा केही हुन्छ/ गर्न सकिन्छ भनेर गरिरहेकै छन । कतिपयलाई हैन यसरी भएन, म यसरी खुशी हुन सक्दिन लागेको छ । उनिहरु फेरि कतै गएर हुन्छ कि भनेर लागिरहेकै छन । आफ्नो खुशीको धरौटी राखेर एकबारको जीवन बेखुसिमा बिताउन पनि त भएन । चैतन्यबाजहरुको नजरमा जहाँ पुगे पनि पाउने र गुमाउने खास केही हुँदैन । स्रोत र अवसरको खोजिमा हिंड्नेहरुले पनि यस्तो त पहिले पनी थियो मज्जाले भन्न सक्छन नै ।
बिस्तारै मानिसहरु सुबिधा र सहजताको कारणले वल्लो पल्लो देश गरिरहने छन । हामी स्वघोसित जान्ने भईरहने तर आधारभुत मानब अधिकार र राज्यको प्रात्यभुति दिन नासकिरने हो भने, धेरै मानिसहरुले अरु नै स्थानलाई आफ्नो नयाँ थलो बनाउन लागिरहने छन । यो नै सत्य हो । यो नै वास्तविकता हो । यो आजको भोली भएको कुरा होईन ।
सामजिक बिभेद कुनै एक सम्प्रदायमा मात्र नभएर बहुसन्ख्यक कर्मयोगिहरुमा थियो र भईरहेको छ । हरेक स्नातक पढेका भाईबहिनीलाई कतिपटक घर-घडेरी कता छन ? कती पैसा कमाईस भन्दै सोधियो ? १२ हजारको तलब दिएर नर्सलाई कतिपटक के जानेकी छस ? खै दबाई दिएको भनियो ? कति पटक तैले पढेर के गरिस ? मैले फलानो कारोबार गरेर यति पैसा कमाए भनियो ? सरकारी जागिरे भए पछि कतिपटक अरु सर्बसाधारणलाई नगनेर तलाइ के थाहा छ भनियो ? अनि अहिले मानिस बाहिरिदा किन रोईलो ? सबै जना बिनोद चौधरी हुन ? ब्यापार र बिजनेश सबैले गरे सुबिधा कस्ले लिने ? यस्तो आर्थिक रुपमा असन्तुलित समाज निर्माण नयाँ पुस्ताले गरेको हो ? जिन्दगी भर जागिर खाएर मोटरसाईकल पनि चढ्न नसकिने, नचडे यस्ले त गरेन भन्ने दोहोरो मुखौडो कसको हो ? यतिले नपुगेर बाहिर बसेर देशमा रेमिट्यान्स पठाउदै सल्लहा सुजाब दिनेलाई भगौडे भन्ने तिम्रो नीचता कस्तो हो ? अनी के खोजेर मान्छे बिदेशिए भनेर रोईलो हो ?
भस्ट्रचारीले मैले हन्दिएकै हो भन्दै हिड्छ । प्रधानमन्त्रिले जग्गा थुपर्दै हिड्छ । गाउको हरिलन्ठक नेतो पनि कसैलाई माखो गन्दैन । गाउ भरिलाई शिक्षा दिने शिक्षक कुटेर हिंडेको छ । अधिकाश शिक्षकका छोराछोरी धेरै पढेका छन र उनिहरु प्राय: अहिले बाहिर गैरहेका छन । हेरेको छौ ? देश पहिले राम्रो थियो, राजतन्त्र ल्याउन पर्छ भनेको हैन । हिजो झन लाखे पाराको थियो । अहिले पनि हल्लुड नै छ । २५ बर्ष जस्तो भयो होला, मैले मेरो गाउ सम्झन थालेको, के भयो ? के हो परिवर्तन ? १० बर्ष एउटा संबिधान लेख्न लगाको छ । एउटा सानो कार्यशैली पनि परिवर्तन गरेको छैन । अनि कसरी हुन्छ । मेसो नमिलेर हो । बल्ल सदरमुकाम, बजार छेउछाउका मान्छे नीस्किदै छन । अझ गाउगाउबाट मान्छे हराउछन ।
कि हरेक दिन राम्रो राम्रो खबर सुनाउ । राम्रो निर्णय गरेको सूचना देउ । म जस्तै सम्भब भए सम्म फर्केर आउने सोच बोकेकालाई प्रेरणा दिने कुरा गर हैन भने बिदेश किन गाको भन्दै रोइलो नगर । मान्छेलाई आफ्नो खुशीमा रम्न देउ । हुन त एयरपोर्ट्मै हप्कि दप्की खान पर्छ के कुरा गर्नु ।