• सोमवार, श्रावण ११ गते २०८३

मिस गुरुङको पाँचौ संस्करण शुरु हुदै

मिस गुरुङको पाँचौ संस्करण शुरु हुदै

मिस गुरुङको पाँचौ संस्करण शुरु हुदै

  • 16.2K
    SHARES

  • मिस गुरुङको पाँचौ संस्करण शुरु हुदै

    मिस गुरुङ इन्टरनेशनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभुषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पुरा भएको आयोजक मृग तृष्णा फेसन हाउसले जनाएको छ । आगामी भदौ २१ गते गोरखा, २२ गते पोखरा, २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिसन हुदैछ । इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ ।


    उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमाब् यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराउन अध्यक्ष तृष्णा गुरुङले जानकारी दिनुभयो ।  

    मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी प्रतियोगिहरुलाई बर्षभरी नै बिभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आयआर्जन मुलक ब्यवसायिक गतितबिधीहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिनुका साथै उपाधि बिजेतालाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसनशोमा को रूपमा सहभागी हुने अवसर पाउनेछन् । मिस गुरुङ्ग इन्टरनेसनल उपाधि बिजेताले नगद पुरष्कार पाँच लाख, मिस पपुलर अवार्ड बिजेताले तीन लाख तथा फस्ट रनरअपले दुइ लाख सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि बिजेताले नगद पच्चीस हजार सहित विभिन्न पुरष्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा अनलाइन भोटिङ्ग पाट्र्नरको रुपमा ओएस आर कनेक्ट रहेको छ भनेप्रतियोगिता ब्यवस्थापनको जिम्मा बि एण्ड बि इभेन्ट मानियाले लिएको छ ।

    सामाजिकपत्र

    • बुधवार, भाद्र २० २०८०१२:२४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology