• सोमवार, श्रावण ११ गते २०८३

बेनिघाट – आरुघाट सडकखण्डमा यातायात अवरुद्ध

बेनिघाट – आरुघाट सडकखण्डमा यातायात अवरुद्ध

बेनिघाट – आरुघाट सडकखण्डमा यातायात अवरुद्ध

  • 97.0K
    SHARES

  • बेनिघाट – आरुघाट सडकखण्डमा यातायात अवरुद्ध

    ज्यादुल खोलामा आएको बाढीले डाइभर्सन पुल बगाएपछि गोर्खाको बेनिघाट–आरुघाट सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

    पुल बगाएपछि भीमसेन थापा गाउँपालिका–७ र शहीद लखन गाउँपालिका–९ को यातायात सम्पर्कबिच्छेद भएको छ । गत वर्ष मात्रै निर्माण भएको डाइभर्सन पुल एक वर्ष नहुँदै बाढीले बगाएको हो ।

    बाढीले पुलको दायाँबायाँ निर्माण गरिएको वाल समेत बगाएको छ । बेनिघाट–आरुघाट सडकखण्डमा अहिले यातायात पूर्णरूपमा ठप्प भएको छ ।

    पुल बगाउँदा सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न अप्ठ्यारो भएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ३ २०८१०२:००:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology