• सोमवार, श्रावण ११ गते २०८३

अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउनू : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउनू : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउनू : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

  • 55.1K
    SHARES

  • अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउनू : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका बनाउन ९ बुँदे निर्णय गरेका छन् । 

     निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ । पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ ।

    अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ ।

    यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology