स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढीरहेको बताएका छन्।
अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।
‘हामी क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गर्नेगरी अगाडि बढेका छौँ,’ मन्त्री पौडेलले भने, ‘मुटु रोगको उपचार पनि अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा पुर्याउनेगरी अगाडि बढेको स्थिति छ।
त्यस्तै जलन उपचार पनि सातवटै प्रदेशमा बिस्तार गर्नेगरी भौतिक संरचना निर्माणको काम अगाडि बढाएको स्थिति छ।’