पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त भएसँगै चलचित्र क्षेत्र, को अध्यक्ष हुने भन्ने माहोलले तातेको छ । बिकास बोर्ड अध्यक्ष बन्न नायीका करिश्मा मानन्धर, प्रकाश भट्टराई, दिनेश डिसी, राजेश थापा, दिपायल बस्नेत तथा अर्जुन कुमारको आवेदन परेको छ ।
यसै विच चर्चामा रहेको एउटा नाम हो करिश्मा मानन्नधर । लामो समय नेपाली चलचित्र क्षेत्रको यात्रा गरेकी करिश्मा पछिल्लो समय राजनैतिक रुपले पनि केहि न केहि बाहनामा चर्चामा आईरहेकी छिन् । अहिले चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आफुनिकट एमाले नेताहरु सँग दौडधुप गरिरहेकी करिश्मा मानन्धर केहि समय पहिले डा. बाबुराम भट्टराई निकट नयाँ शक्ति पार्टिमा रहेर चर्चामा आएकि थिईन । एमाले पार्टिबाट चुनावमा टिकट नपाएपछि एमालेको विरोधमा खुलेरै आएकी करिश्मा यतिबेला तिनै एमाले निकट शक्क्तिमा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न पाईन्छ कि भन्ने आशामा छिन भन्ने हल्ला चलचित्र बजारमा चल्न थालेको छ ।
करिश्माको हिन्दिप्रेम
करिश्मा मानन्धर एक ग्लामर नायीका हुन् । उनको सौन्दर्यको तारिफ नगर्ने प्राय कमै हुन्छन् । उनको हिन्दि भाषा प्रेम पनि उत्तिकै छ उनले पछिल्लो एक महिनामा बनाएको फेसबुक रिल्स् को भिडियो हेर्ने हो भने उनको ग्लामरसँगै हिन्दी भाषाको गीतहरु नेपाली भन्दा बढि हेर्न सकिन्छ । एक महिनामा डेढ दर्जन भन्दा बढि हिन्दी गीतको प्रचारमा लागेकी करिश्माले नेपाली चलचित्र क्षेत्रको विकास गर्छिन या गर्दिनन् त्यो भने समयले बताउला । नेपाली चलचित्र बिकास बोर्डको आवेदन पछि उनले हिन्दि गीतमा लगातार भिडियो बनाइरहेको छिन् । के विदेशी चलचित्रको प्रचारले नेपाली चलचित्रको विकास होला ? हेर्नुस करिश्मा मानन्धरका फेसबुक भिडियोहरु ।