• सोमवार, श्रावण ११ गते २०८३

बाँझो जमिनमा फुलखेती कार्यक्रमका लागि कृषि समुह छनोट

बाँझो जमिनमा फुलखेती कार्यक्रमका लागि कृषि समुह छनोट

बाँझो जमिनमा फुलखेती कार्यक्रमका लागि कृषि समुह छनोट

  • 62.9K
    SHARES

  • बाँझो जमिनमा फुलखेती कार्यक्रमका लागि कृषि समुह  छनोट

     भीमसेन थापा गाउँपालिका गोरखाले बाँझो जमिनमा फुल खेती कार्यक्रमका लागि कृषक, कृषि समुह तथा विद्यालय छनौट गरेको छ ।

    गाउँपालिकाले फूलखेती कार्यक्रमका लागि प्रस्तावना आवहन गरेअनुसार ४ वटा कृषि फर्म, २ जना कृषक र दुई विद्यालय तथा एउटा क्लबलाई छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    पालिकाको चालु आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक स्विकृत कार्यक्रम अन्र्तगत मुख्यमन्त्री नवप्रर्वदन साझेदारी कार्यक्रममार्फत पालिका भित्रका बाँझो जमिनमा फुलखेती कार्यक्रमलाई अघि बढाएको हो ।

    पालिकाले गाउँपालिकाको वडा नम्बर ५ मा रहेको मैत्री फलफुल तथा तरकारी उत्पादन कृषक समुह, हेड्स नमुना मदन कृषक समुह, श्री शान्ति मावि, वडा नम्बर ७ स्थित प्रगतीशिल कृषि तथा पशुपन्छी फर्म, वडा नम्बर ८ स्थित पन्थ कृषि तथा पशुपन्छी फर्म छनौटमा परेको हो ।

    त्यस्तै वडा नम्बर ७ मा रहेको गण्डकी युवा क्लब, वडा नम्बर ४ मा रहेको प्रभात मा.वि पनि बाँझो जमिनमा फूल खेतीका लागि छनौटमा परेको उहाँले बताउनुभयो । छनोटमा परेका विद्यालयहरुले विद्यालयको बाँझो जमिनमा मुख्यमन्त्री नवप्रर्वदन साझेदारी कार्यक्रममार्फत अनुदान सहयोगमा फुलखेती गर्नेछन् ।

    त्यसैगरी सोही कार्यक्रमका लागि वडा नम्बर १ र ८ का दुइजना किसान पनि कार्यक्रमका लागि छनोटमा परेको गाउँपालिकाले जनाएको छ । फुलखेतीमार्फत आयआर्जन बृद्धि गर्ने उद्देस्य सहित गाउँपालिकाले फूलखेती कार्यक्रम अघि बढाएको गाउँपालिकाकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

    उहाँले लामो समयदेखि खेर गइरहेको बाँझो जमिनलाई सदुपयोग गर्न सके लक्षित समुहको आर्थिक आयआजर्न बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology