• सोमवार, श्रावण ११ गते २०८३

निर्वाचनमुखी राजनीति गर्दा मुलुकमा समस्या सिर्जना भयाे : डा.स्वर्णिम वाग्ले

निर्वाचनमुखी राजनीति गर्दा मुलुकमा समस्या सिर्जना भयाे : डा.स्वर्णिम वाग्ले

निर्वाचनमुखी राजनीति गर्दा मुलुकमा समस्या सिर्जना भयाे : डा.स्वर्णिम वाग्ले

  • 85.4K
    SHARES

  • निर्वाचनमुखी राजनीति गर्दा मुलुकमा समस्या सिर्जना भयाे :  डा.स्वर्णिम वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राजनीतिक दलहरूले मुलुकको विकासमा केन्द्रित हुनुभन्दा निर्वाचनमुखी राजनीति गर्दा मुलुकमा समस्या सिर्जना भएको बताएका छन् ।

    प्रतनिधि सभाको शुक्रबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले यस्तो वताएका हुन् । 

    ‘हामी राष्ट्र निर्माणको विराट उद्देश्यबाट अलिअलि च्यूत हुँदै निर्वाचनमुखी राजनीतितिर गयौं । त्यही भएर अहिले लुछाचुँडी छ,’ वाग्लेले भने, ‘अर्थमन्त्रीज्यू यहाँ बस्नुभयो चार दिन । मैले देखिरहेको छु सबै सांसदहरूले एकैछिन भएपनि कानेखुसी गर्नुपर्नेछ– मेरो चाहीँ नछुटोस् है हजुर भनेर । त्यसैले यो भोट बैंकको राजनीति, टुक्रे आयोजनाको राजनीति लगायतमा राज्य प्रणालीकै दोष भयो ।’

    प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जान सकेको खण्डमा निर्वाचनमुखी राजनीतिको अन्त्य गर्न सकिने उनको भनाइ थियो ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology