राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी स्वार्थको द्वन्द्वबाट घेरिएको पात्र भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उपसभापति वाग्लेले शंकर दास बैरागी ‘अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट झेलिएका पात्र हुनुहुन्छ । ’ वाग्लेले भने, ‘उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ ।
त्यसैले उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ । सक्षम निकायहरूको राडारमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’