• सोमवार, श्रावण ११ गते २०८३

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२५

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२५

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२५

  • 52.9K
    SHARES

  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२५
    • तीर्थ बहादुर रायक्षेत्री श्रमिक

    हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान न्याय, सम्मान र मानव–अधिकारका लागि बुलन्द आन्दोलन हो । सन् १९९५ मा चीनको राजधानीबेइजिङमा आयोजित संयुक्त राष्ट्रसङ्घीय चौथो विश्व महिला सम्मेलनले विश्व महिला आन्दोलनको पछिल्लोमहत्त्वपूर्ण उपलब्धि भएको यसले महिलाको मानव अधिकार, महिला बालिकाको सशक्तिकरणसँगसम्बन्धित बेइजिङ घोषणा कार्यन्वयनका १२ वटा सरोकारका सवालहरू पारित गरेको थियो .

    नेपालमा पनि वर्षौंदेखि यो अभियानले महिलामाथि हुने विविध प्रकारका हिंसा, भेदभाव, असमानता र शोषण अन्त्य गर्न महत्वपूर्ण आवाज बनेको छ ।

    यस वर्षको अन्तर्राष्ट्रिय नारा “United to end Digital Violence Against All Women and Girls” अर्थात् “सबै महिला र किशोरीमाथि हुने डिजिटल हिंसा अन्त्य गर्न एकजुट बनौँ ।”

    नेपालको राष्ट्रिय नारा “प्रविधिकिो सही प्रयोग गरौंः लैङ्गिग हिंसा अन्त्य गरौं” भन्ने रहेको छ । यो अभियानले विशेष रूपमा डिजिटल क्षेत्रमा बढ्दो हिंसा तथा प्रविधिको सुरक्षित र सम्मानजनक प्रयोग लाई प्राथमिकतामा राखेको छ ।

    माथि भनिए झै महिला विरुद्ध हुने हिंसा, विभेद तथा अन्यायको अन्त्य गर्ने अभियानका रुपमा विश्वभरीमनाइने यो अभियानको एउटा छुट्टै ईतिहास

    २५ नोभेम्वर १९६० मा डोमिनिकन गणराज्यको एउटा पहाडsf] त्रुजिलोको फेदमा बहिनीहरुको लास भेटियो पाट्रीया, मिनेर्भा मारियम टेरेसा मीराबल रेयस (Patria Mercedes Mirabal Reyes, María Argentina Minerva Mirabal Reyes, Antonia María Teresa Mirabal Reyes) विवाहित दिदीबहिनीहरुलाई उनीहरुकोचालक सहित हत्या गरेर एउटा जीपमा राखेर उक्त पहाडको टुप्पोबाट फालिदिएका थिए ती मीराबलदिदीबहिनीहरु ३० वर्षसम्म शासन गरेका डोमिनिकन गणराज्य त्रुजिलो तानाशाही (Trujillo dictatorship in the Dominican Republic) शासनका विरुद्ध चलेको नागरिक आन्दोलनको अगुवा तथा राजनीतिज्ञकाश्रीमतीहरु थिए तानाशाहीको कडा दमन विरुद्ध अन्य आन्दोलनका अभियान्ताका साथ ती दिदीबहिनीहरूपनि आफ्ना श्रीमfgxरूसँगै सशक्त रुपमा आन्दोलनमा होमिएका थिए अन्याय नसहने स्वभावका शिक्षित सचेत महिलाका रुपमा परिचित दिदीबहिनीहरुलाई तत्कालिन त्रुजिलो तानाशाहीका विरुद्धमा लडेका कारणउनीहरुलाई राजद्रोहको आरोप लगाउँदै पटकपटक जेलमा हालिएको थियो आन्दोलनलाई दबाउने क्रममाजेल परेका आफ्ना श्रीमfgxरूलाई भेटेर फर्किरहेको बेला त्रुजिलो शासकले सवारी चालक सहित ती शान्तितथा अधिकारsdL{ दिदीबहिनीहरूको सन् १९६० नोभेम्वर २५ को साँझ निर्ममतापूर्वक हत्या गरिएको थियो त्यस पछि त्रुजिलोको तानाशाही शासन पतन भयो

    सन् १९८० मा साहसिक अधिकारकर्मी मिराबल दिदीबहिनीहरुको प्रेरणाबाट ल्याटिन अमेरिकामा महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको पाईन्छ

    त्यसैगरि १९८९ डिसेम्वर का दिन मोन्टोल विश्वविद्यालयमा क्यानाडाका एक युवकले १४ जना छात्राहरुकोसामूहिक हत्या गरेका थिए त्यो विभत्स घटनाबाट क्यानाडाका केही उत्साहित युवाहरुको प्रयत्नमा सन् १९९१मा सेतो रिवन अभियानको शुरुवात गरिएको थियो महिला हिंसाको विरुद्धमा पुरुषहरुले सेतो रिवनकोअंग्रेजी अक्षर भी  "V- (Violence)" को उल्टो वनाउँदा बन्ने आकारमा लगाइने अर्थात् पुरुषवर्गको प्रतिवद्धता हिंसा गर्दिन, हिंसा सहन्न हिंसा देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धता हो त्यसैले लैङ्गिक हिंसा विरुद्ध१६ दिने अभियानमा पनि सेतो रिवन अभियानको रुपमा १६ दिन सम्मै लगाउने चलन

    लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा अमेरिकाको रुटजर्स युनिभरसिटीको सेन्टर फर ओमन्सग्लोबल लिडरसिप (The Center for Women’s Global Leadership at Rutgers University in New Jersey, USA) कोसहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुवात गरीविश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो पछि संयुक्त राष्ट्रसंघको १७ डिसेम्बर १९९९ को महासभालेपारित गरेको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउने घोषणाबमोजिम हरेकवर्ष सोही दिन अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाइन्छ यो १६ दिने अभियानको मुख्य उद्देश्य महिला विरुद्ध हुनेसबै प्रकारका हिंसा अन्त्य गर्नु हो लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने महिला विरुद्ध हुने हिंसाकोप्रभावलाई कम गर्ने उद्देश्य सहित यो अभियान सुरु गरिएको थियो यसका साथै महिला अधिकारका लागिभएका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन गर्नु, गराउनु सबै क्षेत्रकामहिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउनु यो अभियानको अर्को प्रमुख उद्देश्य हो

    नोभ]म्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न फरक महत्वपूर्ण दिवसहरु पर्छन्

    •  २५ नोभेम्बर : लैङ्गिक हिंसा विरुद्धको दिवस,
    २९ नोभेम्वर : महिला मानव अधिकार रक्षक दिवस,
    डिसेम्वर : विश्व एचआईभी/एड्स दिवस,
    डिसेम्वर : अन्तर्राष्ट्रिय अपाङ्गगता दिवस,
    • 5 डिसेम्वर : स्वयंसेवक दिवस (लैङ्गिक हिंसाविरुद्धको अभियानमा योगदान दिने स्वयंसेवकहरूको सम्मान)
    डिसेम्वरM क्यानाडाको मोन्टिूयल नरसंहारको वार्षिकी
    - ८ डिसेम्बरः सुरक्षित महिनावारी सम्बन्धी सचेतना दिवस
    - ९ डिसेम्बरः भ्रष्टाचार विरोध दिवस (न्याय र सुरक्षासँग सम्बन्धित, महिलाको अधिकार संरक्षणका लागिपारदर्शिता आवश्यकता सम्बन्धी सचेतना) 
    १० डिसेम्वरM अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आदि

    यस १६ दिने  अवधिमा महिला विरुद्ध भइरहेका हत्या, हिंसा, विभेद, यौन तथा श्रमशोषण, असमानता जस्ताअपराधिक गतिविधहरुको अन्त्यका लागि आम जनसमुदायमा जनजागरण ल्याउन यस्ता हिंसाजन्यगतिविधिहरुको अन्त्य गर्न सबैलाई जिम्मेवार बनाउने अभियान कै रुपमा मनाउने गरिन्छ

    १६ दिनसम्म अन्तर्राष्ट्रिय रुपमा मनाइने यो अभियानको मुख्य उद्देश्य महिला विरुद्ध हुने सबै प्रकारका हिंसाअन्त्य गर्नु हो लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने महिला विरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने, साथैमहिला अधिकारका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी व्यवहारमा कार्यन्वयनगर्ने, गराउने सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउने रहेका छ्न् यसका साथैमहिलामाथि हुने हिंसा अन्त्यका लागि कानुनमा सुधार बनेका कानुनको उचित कार्यन्वयनका लागि पैरवीगर्ने, सामाजिक कुरीरित तथा व्यवहार, सोचाइ मनोवृतिमा परिवर्तन ल्याउन सहायता गर्ने आदि प्रमुख उद्देश्यरहेका छन्

    लैङ्गिक हिंसाको शुरुवात आमाको गर्भदेखि शुरु हुन्छ जव कुनै नारी गर्भवती हुन्छिन् अनि छोरा जन्मियोस्भन्ने परिवारको चाहना हुन्छ त्यसपछि उपलब्ध प्रविधिको प्रयोगबाट छोराछोरी के हो भन्ने कुराको पहिचानगर्ने प्रयाश गरिन्छ जब गर्भमा छोरी भन्ने पहिचान हुन्छ तव त्यसलाई तुहाउने वा गर्भपतन गराउने कामगरिन्छ जुन हिंसा हो यस्तो कार्य दण्डनीय हुन्छ हाम्रो समाजमा हिंसाका बिभिन्न रुपहरु छन् माथि भनिएझैं छोरा वा छोरी पत्ता लगाउन गरिने लिङ्ग छनौट, अबैध गर्भपतन, जवरजस्ती गर्भवती बनाउने आदि महिलामाथिको हिंसा हो शिशु वालवालिकाको हत्या गर्नु, वालिकालाई खानपान तथा स्वास्थ्य उपचारमा विभेदगर्नु वा फरक व्यवहार गर्नु, शिशु अवस्थामा गरिने वालिका हिंसा हो बाल विवाह, बालश्रम, बालयौनशोषणतथा दुव्र्यवहार, किशोरीको बलात्कार, किशोरीलाई वेश्यावृत्तिमा लगाउने, बेचबिखन गर्ने, लालनपालन शिक्षादिक्षामा विभेद गर्ने आदि किशोरी अवस्थामा हुने हिंसा हुन् विवाहित महिलामा दाइजोको कारण हुनेहिंसा, श्रीमान्को पिटाइ, छोरा नै पाउनु पर्छ भन्ने मनोवैज्ञानिक दवाव, वैवाहिक बलात्कार, बोक्सीको आरोपमाकुटपिट गर्ने, मलमुत्र खुवाउने तथा गाउँबाट निकाला गर्ने, श्रीमतीको मृत्यु भएमा श्रीमानले अर्की श्रीमतीविवाह गर्ने तर श्रीमान्को मृत्युपछि श्रीमतीले जीवनभर विधुवा भएर जिउनुपर्ने जस्ता हिंसाहरू महिलाहरूलेभोगेका महिला हिंसा हुन् यसैगरी आफ्ना आमाबुबालाई प्रयाप्त खाना लाउन नदिने, स्वास्थ्य उपचारमावास्ता नगर्ने, घरबाट निकालिदिने, कठोर वचन लगाउने जस्ता हिंसाहरू वृद्धावस्थामा भोग्नु परिरहेका हिंसाहरुहुन् यसरी एउटा महिलाको जीवनको गर्भदेखि वृद्धावस्थासम्म हिंसा नै हिंसामा जिन्दगी बितिरहेको हुन्छ भनेमृत्युपछि पनि दाहसंस्कार समेत विभेद गरिएको पाईन्छ यसको मतलव महिला माथि हुने हिंसाको श्रृंखलाउनको आमाका गर्भदेखि चिहानमा पुगेर पनि अन्त्य हँदैन

    समाजमा हुने यस्ता अपराधिक हिंसाका घटनाहरुलाई हेर्दा आफ्ना छोरी, बुहारी, दिदीबहिनी तथाआमाहरुलाई जोगाउन धौधौ महिलामाथि हुने हिंसा महिला पुरुषबीच रहेको असमान शक्ति सम्बन्धलेगर्दा भएको हो यो लैङ्गिक विभेदको कारण प्रतिफल दुवै हो महिलामाथि हुने हिंसामा चुप लागेर बस्नुएउटा विशेषता नै बनेको हिंसा भईहालेमा डर, धम्की तथा इज्जवत जाने, अस्मिता गुम्ने जस्ता नाममाअन्याय पीडालाई चुपचाप सहने तथा घरभित्रै वा समुदायमा नै मेलमिलाव गराउने संस्कार, अप्रभावकारीकानूनी कार्यन्वयन वा पीडकलाई कानूनी दायारामा ल्याउन नसक्नु, आफ्नो मान्छेलाई जोगाउने प्रवृति तथाराजनीतिक चलखेल जस्ता कुराले अपराधीहरुको मनोवल बढ्नगई हिंसा हत्या जस्ता गतिविधिहरुलाईबढावा दिईरहेको

    आफ्ना छोरीहरु ढिलो घरमा आए पनि किन ढिलो गरेको भनेर गाली गर्ने तर छोरा जतिखेर आएपनि त्यति फिक्री नगर्ने हाम्रो समाजमा आफ्नो छोरालाई छिटो आउनु, अरुकाछोरी, चेलीहरुको इज्वत गर्नु भन्ने जस्ता संस्कार दिन सकेमा हाम्रा छोरीबुहारी सुरक्षित हुने सम्भावनाबढ्न सक्छ किनकि ती छोरी बुहारी तिनै छोराहरुकै कारणले सुरक्षित हुने र असुरक्षित हुने हो । यस कुरामाप्रत्येक परिवार गम्भीर हुन आवश्यक छ ।

    नेपालमा १६ दिने अभियानको शुरुवात

    नेपालमा १६ दिने अभियानको थालनी वि.स. २०५४ सालदेखि भएको पाइन्छ । २०५४ सालदेखि हालसम्मआईपुग्दा नेपालमा महिला, बालबालिका तथा किशोरीहरूमाथि हुने हिंसाका सम्बन्धमा व्यापक आवाजउठेका छन्। अहिले यो अभियानसँगै महिला माथि हुने हिंसाविरुद्ध खुलेर कुराकानी हुने र आवाजउठाउनेहरूको संख्या बढ्दै गएको छ, तथापि हिंसाका घटनाहरू भने चिन्ताजनक रूपमा बढिरहेका छन्।

    समाजमा विभिन्न कारणले व्याप्त यस्ता अपराधिक घटनाहरूको न्यूनीकरणका लागि हरेक वर्ष बिभिन्न नाम र नारासहित दिवसहरू मनाउने चलन छ। तर, त्यस्ता दिवसहरू प्रायः सिमित घेरामा मात्रै मनाइन्छन् र अन्य समयमात्यसको प्रभाव वा कार्यान्वयनको लेखाजोखा हुँदैन। दिवसको दिन मात्र हिंसा विरुद्ध नारा लगाउने र अन्यसमयमा कुनै वास्ता नगर्ने हो भने, त्यस्तो दिवसको सार्थकता कमजोर रहन्छ। अझ दुःखलाग्दो कुरा, हिंसा विरुद्ध नारा लगाउँदै दिवस मनाउँदा अर्को कुनामा हिंसाका घटनाहरू घटिरहेकामा कसैले ध्यान नदिँदावास्तविक समस्या समाधान हुँदैन।

    त्यसैले, यस्ता दिवसहरूलाई एक दिने कार्यक्रमको रूपमा मात्र नभई, वर्षभर र सम्बन्धित क्षेत्र विशेषमाव्यापक जनचेतना फैलाउने माध्यमको रूपमा मनाउनुपर्छ, जसले सरोकारवालाहरूलाई सचेत बनाउने, जिम्मेवारी र जवाफदेहिताको बोध गराउने तथा समाजमा व्याप्त जघन्य अपराधहरूको न्यूनीकरणमा प्रभावकारी योगदान दिन सकोस्। अन्यथा, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने नेपाली उखानजस्तै, यस्ता दिवसहरू मनाइरहँदा कतिपय स्थानमा किशोरी र महिलाहरूले अझै हिंसाको पीडा भोगिरहेका हुन्छन्।

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका लागि सिफारिसहरू

    नेपालमा लैङ्गिक हिंसा अझै व्यापक समस्या बनेको छ । पितृसत्तात्मक सामाजिक संरचना, भेदभावपूर्ण परम्परा र कमजोर जनचेतनाले महिलाहरुप्रति हुने हिंसात्मक क्रियाकलापलाई बढावा दिएको पाइन्छ । यसकारण, अन्तर्राष्ट्रिय रूपमा मान्य ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ले तल उल्लेखितक्षेत्रहरूमा विशेष ध्यान दिनु अत्यावश्यक छ ।

    १. जनचेतना अभिवृद्धि र शिक्षा

    नेपालको संविधानले महिलाको हक र सुरक्षा सुनिश्चित गरेको छ । संविधानअनुसार, “महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा वा अन्य आधारमा गरिने शारीरिक, मानसिक, यौनजन्य वा मनोवैज्ञानिक हिंसा कानूनी रूपमा दण्डनीय हुनेछ र पीडितलाई क्षतिपूर्ति पाउने हक हुनेछ ।” तर, यी कानुनी व्यवस्थाबारे आम नागरिकको जानकारी न्यून छ । त्यसैले स्थानीय सरकार, समुदाय समूह, पेशागत संघ, सञ्चारमाध्यम र नागरिकबीच समन्वय गरी कानुनी प्रावधानहरू घरघरमा पु¥याउनु आवश्यक छ ।

    साथै, परिवार र समुदायमा घटेका अपराधका घटनाहरूलाई सम्बन्धित निकायसम्म लैजाने, मिलोमतो र ढाकछोप नगर्ने र सक्रिय सहभागी बन्ने संस्कार विकास गर्नुपर्नेछ । जनचेतना र नैतिक शिक्षाद्वारा मानिसहरूमा ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने मूल्य जागृत गर्नु नै हिंसात्मक गतिविधिहरू न्यूनीकरण गर्ने प्रमुख उपाय हो ।

    २. परिवार र समाजमा चरित्र निर्माण

    छोरीको सुरक्षा सुनिश्चित गर्न आमाबुबाले ध्यान दिनुपर्छ भने छोराहरूलाई अरूको छोरीचेलीको सुरक्षा, मर्यादा र सम्मानमा सचेत बनाउनु पनि आवश्यक छ । समाजले छोरीको निगरानी मात्र होइन, चरित्रवानछोरा निर्माणमा समान सक्रियता देखाउनुपर्छ । यसले यौन हिंसाका घटनाहरूको न्यूनीकरणमा सहयोग पु¥याउँछ ।

    ३. घटनाको सूक्ष्म अध्ययन, निष्पक्ष अनुसन्धान र न्याय

    अपराधिक गतिविधि न्यूनीकरणका लागि घटनाको सूक्ष्म अध्ययन, तथ्य अनुसन्धान र न्याय सुनिश्चित गर्नु अत्यावश्यक छ । बलात्कार, जबरजस्ती करणी वा हत्या जस्ता घटनामा घटनास्थलदेखि उजुरी र प्रमाण संकलनसम्म चुस्तता, निष्पक्षता र वैज्ञानिक दृष्टिकोण आवश्यक छ ।

    पीडितलाई सुरक्षित, सम्मानजनक र सशक्त वातावरणमा अन्तरवार्ता गर्ने प्रणाली स्थापना गर्नुपर्छ । न्यायिक निकायले प्राथमिकतामा राखेर यथाशक्य छिटो मुद्दा टुंग्याउने प्रक्रिया अपनाउनु पर्छ । यसले पीडित पक्षलाई न्यायको अनुभूति दिलाउँछ र पीडकले राजनीतिक वा अन्य प्रभावका कारण छुटकारा नपाओस् ।

    ४. राजनीतिक चलखेलको अन्त्य

    समाजमा अपराधीहरूलाई राजनीतिक संरक्षण उपलब्ध गराउने प्रवृत्ति रोक्न आवश्यक छ । कुनै दलको संरक्षणमा अपराध ढाकछोप हुने अवस्था रहिरहँदा समाजमा अराजकता र हिंसा बढ्छ । यसकारण राजनीतिकदबाबबाट अपराधको ढाकछोप नगर्ने कानुनी व्यवस्था कडाइका साथ लागू हुनुपर्छ ।

    ५. कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन

    मानव बेचबिखन तथा ओसारपसार, लैङ्गिक हिंसा र अन्य अपराध रोक्न बनेका ऐन–कानुन समुदाय स्तरमा सहीरूपमा कार्यान्वयन हुनुपर्दछ । डर, धम्की वा लोभलालाचले पीडकलाई उन्मुक्त गर्ने परम्परा अन्त्यगर्न कडा कानुनी कारवाही अनिवार्य छ ।

    ६. पीडितको न्याय र पुनस्र्थापना

    पीडित र प्रभावित व्यक्तिलाई न्याय, सुरक्षा, आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता प्रदान गरी उनीहरूको मनोबल उच्च राख्नुपर्छ । उनीहरूको नेतृत्व विकास र पुनस्र्थापित जीवनमार्फत समाज रुपान्तरणमा सक्रिय योगदान दिन सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ ।

    ७. सामाजिक सञ्जाल अनुगमन र अश्लील सामग्री नियन्त्रण

    सामाजिक सञ्जालमा फैलिएका अश्लील सामग्री र नकारात्मक प्रवृत्तिले अपराध प्रवृत्ति बढाउँछ । सञ्चार माध्यम र अनलाइन प्लेटफर्मको निगरानी गरी अश्लील, हिंसात्मक र समाजमा नकारात्मक असर पार्ने सामग्री नियन्त्रण गर्नुपर्छ । साथै सामाजिक संजालको माध्यमबाट बिभिन्न अपराधिक गतिविधि हुने गरेका छन् जसको अन्त्यको लागि सक्रिय पहल गर्न आवश्यक छ ।

    निष्कर्षः

    महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्य गरी स्वस्थ, समतामूलक र हिंसामुक्त समाज निर्माणका लागिजनचेतना, कानुनी कार्यान्वयन, पीडितको संरक्षण र सामाजिक दृष्टिकोणको सुधार अपरिहार्य छ । ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा हुन दिन्न’ भन्ने मूल्य व्यवहारमा उतार्न सकिए मात्र समाजमावास्तविक रुपान्तरण सम्भव हुनेछ ।

    (लेखक सामाजिक संस्था आफन्त नेपालसँग आवद्ध हुनुहुन्छ )

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology