• आइतवार, मंसिर १४ गते २०८३

पीडालाई कन्टेन्ट होइन, परिवर्तनको आवाज बनाऔँ : मानवता जोगाउने जिम्मेवारी हामी सबैको हो !

पीडालाई कन्टेन्ट होइन, परिवर्तनको आवाज बनाऔँ : मानवता जोगाउने जिम्मेवारी हामी सबैको हो !

पीडालाई कन्टेन्ट होइन, परिवर्तनको आवाज बनाऔँ : मानवता जोगाउने जिम्मेवारी हामी सबैको हो !

  • 585
    SHARES

  • पीडालाई कन्टेन्ट होइन, परिवर्तनको आवाज बनाऔँ : मानवता जोगाउने जिम्मेवारी हामी सबैको हो !

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यो अभियान केवल नाराबाजी, ¥याली, गोष्ठी, भाषण र सामाजिक सञ्जालमा सन्देश पोस्ट गर्ने औपचारिक कार्यक्रम मात्र होइन । यो हाम्रो सोच, व्यवहार, सामाजिक मूल्य र सामूहिक जिम्मेवारीलाई समीक्षा गर्ने अवसर पनि हो ।
    अभियानको दोस्रो दिनमै हाम्रो समाजमा सार्वजनिक भएको एउटा संवेदनशील घटनाले हामीलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ । हालै मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकासँग सम्बन्धित घटनाले हाम्रो समाजलाई गम्भीर रूपमा झक्झक्याएको छ ।
    आज मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ती बालिकाका श्रीमानले उनलाई गालीगलौज गर्दै कुटपिट गरेको र सासूले समेत उनलाई दोषारोपण गरेको देखिन्छ । बाल्यावस्थामै मातृत्वको जिम्मेवारी वहन गरिरहेकी एक बालिकाले आफ्नै घरभित्र हिंसा, अपमान र असुरक्षाको सामना गर्नुपरेको विवरण सार्वजनिक हुनु अत्यन्त दुःखद र चिन्ताजनक छ । उनीमाथि भएको भनिएको यौन दुव्र्यवहार, श्रीमान्बाट भएको भनिएको कुटपिट तथा उनको असहाय अवस्थालाई भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाले बाल संरक्षण, लैङ्गिक हिंसा, पारिवारिक जिम्मेवारी र मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। यी आरोपहरूको निष्पक्ष अनुसन्धान र कानुनी निरूपण आवश्यक छ। साथै, पीडित बालिकाको गोपनीयता, सुरक्षा र सम्मान सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो । ९जततउकस्ररपजबदबचजगद।अयmरद्दण्द्दटरद्दछरज्ञण्छज्ञटडठररुगतm)कयगचअभ.अजबतनउत।अयm०,  जततउकस्ररधधध।कयगचथबयलष्लिभ।अयmरद्दण्द्दटरज्ञज्ञरठद्धढज्ञद्धद्द।जतmरिुगतm)कयगचअभ.अजबतनउत।अयm ।
    तर यहाँ अर्को पीडादायी पक्ष पनि छ । एउटी बालिकाको आँसु, डर, विवशता र निजी जीवनलाई सामाजिक सञ्जालमा सामग्री बनाएर प्रस्तुत गर्ने प्रवृत्ति । 
    आज हामीले आफैँलाई सोध्नुपर्ने प्रश्न हो, हामी हिंसाविरुद्ध आवाज उठाइरहेका छौँ कि अनजानमै हिंसापीडित व्यक्तिको पीडा थप बढाइरहेका छौँ?
    के कसैको पीडा हाम्रो मनोरञ्जनको साधन हो? के भ्युज, लाइक, सेयर र फलोअर्स प्राप्त गर्न अरूको आत्मसम्मान र गोपनीयता बेच्न मिल्छ?
    १. समुदायलाई प्रश्न ः हामी पीडितको साथमा छौँ कि उसको न्यायको बाटोमा अवरोध बनिरहेका छौँ?
    हिंसामा परेका व्यक्तिलाई सहयोग र संरक्षण दिनुपर्ने समाजमा अझै पनि पीडितलाई नै प्रश्न गर्ने प्रवृत्ति देखिन्छ।
    किन चिच्याइनौ? किन प्रतिकार गरिनौ? किन भागिनौ? किन पहिले नै भनिनौ? किन सहेर बस्यौ?
    यी प्रश्नहरू पीडितको पीडा बुझ्न होइन, उसैलाई शंकाको घेरामा राख्न प्रयोग भइरहेका हुन्छन् । हामीले बुझ्नुपर्छ कि हिंसाको सामना गर्ने सबै व्यक्तिको प्रतिक्रिया एउटै हुँदैन । डर, त्रास, मानसिक आघात, शक्ति असन्तुलन र असुरक्षाका कारण कतिपय व्यक्ति बोल्न, प्रतिकार गर्न वा तत्काल सहयोग माग्नसमेत असमर्थ हुन सक्छन् ।
    पीडितले प्रतिकार गर्न सकेन भन्दैमा हिंसा भएको होइन भन्ने निष्कर्ष निकाल्न मिल्दैन । पीडितलाई दोष लगाउने होइन, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने, सुरक्षा सुनिश्चित गर्ने र निष्पक्ष अनुसन्धानमा सहयोग गर्ने हाम्रो जिम्मेवारी हो ।
    हामीले आफ्नो घर, परिवार, छिमेक र समुदायमा यस्तो वातावरण निर्माण गर्नुपर्छ जहाँ कुनै पनि बालिका वा महिला हिंसामा पर्दा डराएर मौन बस्नुपर्ने अवस्था नआओस ।
    २. सामग्री निर्मातालाई चुनौती ः तपाईंको कन्टेन्टले समाजलाई के सिकाइरहेको छ?
    आज सामाजिक सञ्जाल सूचना, शिक्षा, जनचेतना र सामाजिक परिवर्तनको शक्तिशाली माध्यम बनेको छ । एउटा जिम्मेवार सामग्रीले हजारौँ मानिसको सोच बदल्न सक्छ । अन्यायविरुद्ध आवाज उठाउन सक्छ । पीडितलाई सहयोग खोज्न प्रेरित गर्न सक्छ । 
    तर त्यही माध्यम गैरजिम्मेवार रूपमा प्रयोग हुँदा कसैको जीवनमा थप पीडा, अपमान र असुरक्षा पनि थपिन सक्छ ।
    कसैको रोदन, कुटपिट, असहाय अवस्था, पारिवारिक विवाद वा संवेदनशील व्यक्तिगत विवरणलाई अनुमति र पर्याप्त संरक्षणबिना सार्वजनिक गर्नु जनचेतना होइन । विशेषगरी बालबालिका र हिंसापीडित व्यक्तिको भिडियो, तस्बिर वा पहिचान सार्वजनिक गर्नु उनीहरूको गोपनीयता र सम्मानमाथिको गम्भीर आघात हुन सक्छ।
    सामग्री निर्माण गर्ने साथीहरूलाई केही प्रश्न गर्न चाहन्छुः
    तपाईंले बनाएको सामग्रीले पीडितलाई न्यायको नजिक पु¥याएको छ कि थप अपमानित बनाएको छ?
    तपाईंले समाजलाई सचेत बनाइरहनुभएको छ कि मानिसको पीडाप्रति जिज्ञासा र मनोरञ्जनको भावना बढाइरहनुभएको छ?
    तपाईंको उद्देश्य सामाजिक परिवर्तन हो कि भ्युज, लाइक, सेयर र आम्दानी?
    कुनै पीडितको ठाउँमा आफ्नो छोरी, बहिनी वा परिवारको सदस्य भएको भए पनि त्यही सामग्री सार्वजनिक गर्नुहुन्थ्यो?
    याद गरौँ, स्वतन्त्र अभिव्यक्तिको अधिकारसँगै अरूको सम्मान, गोपनीयता र सुरक्षाको जिम्मेवारी पनि जोडिएको हुन्छ ।
    कन्टेन्ट बनाउनुहोस्, तर कसैको पीडालाई व्यापार नबनाउनुहोस् । आवाज उठाउनुहोस्, तर पीडितको पहिचान र सम्मानको मूल्यमा होइन ।
    ३. अभिभावक र परिवारलाई चुनौतीः बालबालिकालाई संरक्षण दिनुहोस्, जिम्मेवारीको बोझ होइन
    बाल्यावस्था शिक्षा, खेल, सिकाइ, माया, संरक्षण र व्यक्तित्व विकासको समय हो । तर बालविवाह, जबर्जस्ती, शोषण, घरेलु हिंसा र असमान सामाजिक सम्बन्धका कारण धेरै बालबालिका समयभन्दा अगाडि नै वयस्क जिम्मेवारी बोक्न बाध्य भइरहेका छन् ।
    १४ वर्षको उमेरमा एउटी बालिका सुरक्षित वातावरण, शिक्षा, स्वास्थ्य, भावनात्मक सहारा र आफ्नो भविष्य निर्माण गर्ने अवसरको हकदार हुन्छिन् । उनको जीवनलाई विवाह, मातृत्व वा पारिवारिक जिम्मेवारीको बोझले सीमित गर्नु हुँदैन ।
    अभिभावक र परिवारले आफ्ना छोरीहरूलाई नियन्त्रण गर्ने होइन, उनीहरूको सुरक्षा, आत्मविश्वास, शिक्षा, आत्मनिर्भरता र निर्णय क्षमताको विकासमा सहयोग गर्नुपर्छ ।
    बालबालिकालाई आफ्नो कुरा भन्न सक्ने वातावरण दिनुहोस् । उनीहरूको असहजता सुन्नुहोस् । उनीहरूको शरीर, भावना, अधिकार र व्यक्तिगत सीमाको सम्मान गर्न सिकाउनुहोस् ।
    छोरीलाई सहन सिकाउनुभन्दा अन्यायविरुद्ध बोल्न सक्ने आत्मविश्वास दिनुहोस् । छोरालाई शक्तिशाली बन्नुभन्दा जिम्मेवार, संवेदनशील र सम्मान गर्न जान्ने व्यक्ति बन्न सिकाउनुहोस् ।
    ४. समुदाय र संस्थाहरूलाई चुनौती ः घटना भएपछि होइन, घटना हुनुअघि नै सक्रिय बनौँ ।
    हिंसा रोकथामको जिम्मेवारी प्रहरी, सरकार वा सामाजिक संस्थाको मात्र होइन । परिवार, विद्यालय, स्थानीय निकायहरु, समुदाय, नागरिक समाज, सञ्चारमाध्यम र प्रत्येक नागरिकको साझा जिम्मेवारी हो ।
    हामीले बालविवाह, यौन दुव्र्यवहार, घरेलु हिंसा र शोषणलाई सामान्य पारिवारिक विषय भनेर बेवास्ता गर्नु हुँदैन । हिंसालाई लुकाउने, मिलापत्रका नाममा दबाउने वा पीडितलाई नै सम्झौता गर्न बाध्य बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । 
    समुदायमा हिंसाको जोखिम पहिचान गर्ने, बालबालिकाको कुरा सुन्ने, सुरक्षित उजुरी प्रणाली बनाउने, आवश्यक सेवामा पहुँच पु¥याउने र पीडितको गोपनीयता सुनिश्चित गर्ने अभ्यास विकास गर्नुपर्छ ।
    कुनै बालिका, किशोरी तथा महिला जोखिममा परेको थाहा पाएमा सुरक्षित तरिकाले सहयोग खोजौँ । सम्बन्धित निकायलाई जानकारी दिऔँ । पीडितको इच्छाशक्ति, सुरक्षा र सर्वोत्तम हितलाई केन्द्रमा राखौँ ।
    ५. १६ दिने अभियान ः नाराबाट व्यवहार परिवर्तनतर्फ
    लैङ्गिक हिंसाविरुद्धको अभियानको वास्तविक सफलता कति वटा कार्यक्रम गरियो, कति वटा पोस्ट सार्वजनिक गरियो वा कति जनाले नारामा समर्थन जनाए भन्ने कुराले मात्र मापन हुँदैन । यसको सफलता त हाम्रो व्यवहारमा देखिनुपर्छ ।
    ड्ड घरभित्र छोरी र छोरालाई समान सम्मान र अवसर दिइयो कि दिइएन?
    ड्ड हिंसापीडित व्यक्तिलाई दोष लगाउने सोच परिवर्तन भयो कि भएन?
    ड्ड बालविवाह र यौन दुव्र्यवहारविरुद्ध समुदाय सक्रिय भयो कि भएन?
    ड्ड सामाजिक सञ्जालमा पीडितको गोपनीयता र सम्मान सुरक्षित राखियो कि राखिएन?
    ड्ड हिंसामा परेका व्यक्तिले सुरक्षित रूपमा सहयोग र न्याय खोज्न सक्ने वातावरण बन्यो कि बनेन?
    १६ दिने अभियानको सन्देश डिसेम्बर १० मा समाप्त हुनु हुँदैन । हिंसाविरुद्धको प्रतिबद्धता हाम्रो दैनिक जीवन, सम्बन्ध, निर्णय र व्यवहारमा निरन्तर देखिनुपर्छ ।
    अन्त्यमा ः मानवता बचाउने अभियान आफैँबाट सुरु गरौँ
    हामी सबैले एकपटक आफैँलाई सोधौँ—कसैको पीडामा हामीले कस्तो प्रतिक्रिया दिइरहेका छौँ? पीडितलाई सहयोग गरिरहेका छौँ कि उसको पीडामाथि टिप्पणी गरिरहेका छौँ? अन्यायविरुद्ध उभिएका छौँ कि मौन बसेर त्यसलाई सामान्य बनाइरहेका छौँ?
    समाज परिवर्तनका लागि सधैँ ठूलो पद, शक्ति वा स्रोत चाहिँदैन। कहिलेकाहीँ पीडितको कुरा धैर्यपूर्वक सुनिदिनु, उसको पहिचान गोप्य राख्नु, गलत टिप्पणी नगर्नु, हिंसाको विरोध गर्नु र आवश्यक सहयोग खोजिदिनु नै ठूलो मानवीय योगदान हुन्छ।
    एउटी बालिका वा महिलाले हिंसाको सामना गर्दा उसलाई दोषी ठहर गर्ने समाज होइन, उसको सुरक्षा र सम्मानका लागि उभिने समाज निर्माण गरौँ।
    सामाजिक सञ्जालमा अरूको पीडा फैलाउने होइन, पीडा रोक्ने सन्देश फैलाऔँ। भ्युज र लाइकभन्दा मानवतालाई ठूलो मानौँ। मौनतालाई सहमति नठानौँ। पीडितको आँसुलाई कन्टेन्ट होइन, परिवर्तनको आवाज बनाऔँ।
    किनकि सभ्य समाजको पहिचान हामीले कति धेरै कन्टेन्ट बनायौँ भन्ने होइन, हामीले कति मानिसको पीडा बुझ्यौँ, कति अन्याय रोक्यौँ र कति व्यक्तिलाई सुरक्षित तथा सम्मानित जीवन बाँच्न सहयोग ग¥यौँ भन्ने कुराले निर्धारण गर्छ।
    आउनुहोस्, यस १६ दिने अभियानमा एउटा साझा प्रतिबद्धता गरौँ,
    हिंसालाई सामान्य मान्दैनौँ । पीडितलाई दोष दिँदैनौँ । बालबालिकाको पहिचान सार्वजनिक गर्दैनौँ । कसैको पीडालाई मनोरञ्जन बनाउँदैनौँ, र हिंसामुक्त, सम्मानपूर्ण तथा सुरक्षित समाज निर्माणका लागि आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्छौँ ।

    मानवता बचाऔँ, हिंसा रोकौँ, सम्मान र सुरक्षाको संस्कार बसालौँ ।

    तीर्थ बहादुर रायक्षेत्री “श्रमिक”

    • शनिवार, मंसिर १३ २०८३१२:१२:५६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology