• मंगलवार, मंसिर ९ गते २०८३

मौनता होइन, न्याय र परिवर्तनका लागि एकजुट बनौँ ! लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : इतिहास, नेपाली यथार्थ र हाम्रो सामूहिक जिम्मेवारी 

मौनता होइन, न्याय र परिवर्तनका लागि एकजुट बनौँ ! लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : इतिहास, नेपाली यथार्थ र हाम्रो सामूहिक जिम्मेवारी 

मौनता होइन, न्याय र परिवर्तनका लागि एकजुट बनौँ ! लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : इतिहास, नेपाली यथार्थ र हाम्रो सामूहिक जिम्मेवारी 

  • 945
    SHARES

  • मौनता होइन, न्याय र परिवर्तनका लागि एकजुट बनौँ ! लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : इतिहास, नेपाली यथार्थ र हाम्रो सामूहिक जिम्मेवारी 

    — तीर्थ बहादुर रायक्षेत्री ‘श्रमिक’
    लैङ्गिक हिंसा कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन । यो मानव अधिकार, समानता, न्याय र सामाजिक रूपान्तरणसँग जोडिएको गम्भीर चुनौती हो । हिंसा शारीरिक आक्रमणमा मात्र सीमित हुँदैन । यौन दुव्र्यवहार, मानसिक यातना, घरेलु हिंसा, दाइजोका नाममा हुने उत्पीडन, बालविवाह, मानव बेचबिखन, कार्यस्थलमा हुने दुव्र्यवहार, अनलाइन हिंसा, चरित्रहत्या, आर्थिक नियन्त्रण र सामाजिक बहिष्करण पनि यसकै विभिन्न स्वरूप हुन् ।
    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हिंसाविरुद्ध आवाज उठाउने, हिंसाबाट प्रभावित व्यक्तिको अधिकार र सुरक्षा सुनिश्चित गर्ने तथा न्यायपूर्ण समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसर हो ।
    तर यस अभियानले हामीलाई एउटा आधारभूत प्रश्न पनि सोध्छ—हिंसाविरुद्ध नारा लगाउनु र कार्यक्रम आयोजना गर्नु मात्र पर्याप्त छ ? कि हाम्रो सोच, व्यवहार, सामाजिक संरचना, संस्थागत कार्यशैली र न्याय प्रणालीमा पनि वास्तविक परिवर्तन आवश्यक छ ?

    अभियानको ऐतिहासिक पृष्ठभूमि:तीन साहसी महिलाको बलिदानबाट विश्वव्यापी अभियानसम्म
    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमि बुझ्न सन् १९६० नोभेम्बर २५ मा फर्किनुपर्छ । त्यसबेला क्यारिबियन क्षेत्रको डोमिनिकन गणतन्त्रमा राफेल लियोनिदास त्रुजिलोको निरंकुश शासन थियो । सन् १९३० देखि १९६१ सम्म चलेको उनको शासनकाल राजनीतिक दमन, मानव अधिकार उल्लङ्घन, अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्ध र राज्यसत्ताको दुरुपयोगका लागि कुख्यात थियो । सरकारको विरोध गर्ने व्यक्ति निगरानी, गिरफ्तारी, यातना र हत्याको जोखिममा रहन्थे । समाजमा डर र त्रासको वातावरण थियो ।
    यही दमनकारी वातावरणमा तीन साहसी दिदीबहिनी—पात्रिया मिराबल, मिनर्भा मिराबल र मारिया टेरेसा मिराबल—निरंकुश शासनविरुद्धको आन्दोलनमा सक्रिय भए । उनीहरू आफ्नो देशमा राजनीतिक स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्र स्थापनाका लागि प्रतिबद्ध नागरिक तथा प्रतिरोध आन्दोलनका सदस्य थिए । उनीहरू ‘लास मारिपोसास’ अर्थात् ‘पुतलीहरू’ नामले परिचित थिए ।
    मिनर्भा विशेषगरी अन्यायविरुद्धको दृढ अडान र राजनीतिक चेतनाका लागि परिचित थिइन् । उनले त्रुजिलोको व्यक्तिगत तथा राजनीतिक दबाब अस्वीकार गरेकी थिइन् । त्यसपछि उनको परिवारले राज्यसत्ताको प्रतिशोध, निगरानी, आर्थिक तथा सामाजिक दबाब र गिरफ्तारीको सामना गर्नुप¥यो । मिनर्भा र मारिया टेरेसाले जेल र यातना भोगे । उनीहरूका श्रीमानहरू पनि राजनीतिक आन्दोलनमा संलग्न भएकै कारण जेलमा थिए । तर धम्की, यातना र पारिवारिक पीडाका बाबजुद उनीहरूले आफ्नो प्रतिबद्धता त्यागेनन् ।
    सन् १९६० नोभेम्बर २५ मा तीनै दिदीबहिनी जेलमा रहेका आफ्ना श्रीमानहरूलाई भेटेर घर फर्किंदै थिए । उनीहरू चढेको गाडीलाई त्रुजिलोका सादा पोसाकका प्रहरीले बाटोमै रोके । त्यसपछि उनीहरूलाई गाडीबाट बाहिर निकालेर निर्ममतापूर्वक कुटपिट गरी हत्या गरियो । उनीहरूसँगै गाडी चलाइरहेका रुफिनो दे ला क्रुजको पनि हत्या गरियो । अपराध लुकाउन उनीहरू चढेको गाडीलाई भीरबाट खसालेर दुर्घटनाजस्तो देखाउने प्रयास गरियो । तर त्यो दुर्घटना नभई योजनाबद्ध राजनीतिक हत्या थियो ।
    तानाशाही सत्ताले उनीहरूको जीवन समाप्त गरे पनि विचार, साहस र संघर्ष समाप्त गर्न सकेन । बरु उनीहरूको हत्याले डोमिनिकन समाजमा आक्रोश बढायो र त्रुजिलो शासनविरुद्धको जनमत थप बलियो बनायो । सन् १९६१ मा त्रुजिलोको हत्या भयो र उनको निरंकुश शासनको अन्त्य भयो । कालान्तरमा यी तीन दिदीबहिनी अन्याय, दमन र निरंकुशताविरुद्ध उभिने साहसका प्रतीक बने ।
    तीनै दिदीबहिनीको हत्या भएको दिन नोभेम्बर २५ लाई सन् १९८१ मा कोलम्बियाको बोगोटामा आयोजित ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रका महिला अधिकारकर्मीहरूको क्षेत्रीय सम्मेलनले महिलामाथि हुने हिंसाविरुद्धको दिवसका रूपमा स्मरण गर्ने निर्णय ग¥यो ।
    यसपछि सन् १९९१ मा अमेरिकाको रटगर्स विश्वविद्यालयस्थित महिला विश्वव्यापी नेतृत्व केन्द्रले पहिलोपटक १६ दिने अभियानलाई व्यवस्थित रूपमा अघि बढायो । सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव ५४÷१३४ पारित गर्दै नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा ग¥यो ।
    यस अभियानले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका १६ दिनलाई जोड्छ । डिसेम्बर १० सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन हो । यसरी अभियानको सुरुवात महिलाविरुद्धको हिंसाविरुद्धको आवाजबाट भए पनि यसको अन्तिम सन्देश सम्पूर्ण मानव अधिकारको संरक्षण, सम्मान र समानतासँग जोडिएको छ ।

    १६ दिन: स्मरण, प्रतिबद्धता र कार्यको अवसर
    यी १६ दिन केवल औपचारिक कार्यक्रम, गोष्ठी, ¥याली वा नारामा सीमित रहने समय होइनन् । यो इतिहास सम्झने, हिंसाका विभिन्न स्वरूप पहिचान गर्ने, प्रभावित व्यक्तिका आवाज सुन्ने र राज्य तथा संस्थागत जवाफदेहिता खोज्ने अवसर हो ।
    नोभेम्बर २५ महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस हो भने डिसेम्बर १० मानव अधिकार दिवस हो । यस अवधिमा दासत्व उन्मूलन, अपाङ्गता भएका व्यक्तिको अधिकार, स्वयंसेवा, भ्रष्टाचारविरुद्धको अभियानलगायत विभिन्न अन्तर्राष्ट्रिय दिवस तथा स्मरणका अवसर पनि जोडिन्छन् । यी सबैले हिंसा, विभेद र शोषण फरक–फरक स्वरूपमा देखिए पनि तिनको जरा सामाजिक असमानता, शक्ति सम्बन्ध र मानव मर्यादाको अवमूल्यनमा रहेको तथ्य स्मरण गराउँछन् ।

    नेपालको यथार्थ: कानुन र प्रतिबद्धताभन्दा व्यवहारमा न्याय महत्वपूर्ण
    नेपालमा लैङ्गिक हिंसाविरुद्ध संविधान, कानुन, नीति, सरकारी निकाय, नागरिक समाज र विभिन्न अभियान सक्रिय छन् । संविधानले समानताको हक, महिलाको हक, हिंसाविरुद्धको संरक्षण र न्यायको अधिकार सुनिश्चित गरेको छ । घरेलु हिंसा, मानव बेचबिखन, बलात्कार, बालविवाह, दाइजो तथा अन्य लैङ्गिक हिंसाविरुद्ध कानुनी व्यवस्था पनि छन् ।
    तर कानुन र नीति हुनु तथा व्यवहारमा न्याय प्राप्त हुनु एउटै कुरा होइन । अझै पनि धेरै महिला तथा बालिका आफ्नै घर, परिवार, विद्यालय, कार्यस्थल र समुदायभित्र असुरक्षित छन् । सामाजिक प्रतिष्ठा, परिवारको इज्जत, आर्थिक निर्भरता, डर, धम्की, सामाजिक दबाब र न्यायिक प्रक्रियाको जटिलताका कारण धेरै घटना बाहिर आउन सक्दैनन् ।

    महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८०÷८१ को तथ्यपत्रअनुसार संस्थाले आफ्नो कार्यक्षेत्रमा अभिलेख गरेका लैङ्गिक हिंसाका १,३९३ घटनामध्ये ९११ घरेलु हिंसा, १८५ बलात्कार र ७७ मानव बेचबिखनका घटना थिए । यी तथ्याङ्क देशभरका सबै घटनाको पूर्ण विवरण भने होइनन् । संस्थाको कार्यक्षेत्रमा अभिलेख भएका घटनाहरू मात्र हुन् । तथापि, यसले घरेलु परिवेशभित्रै महिलाहरूले भोगिरहेको जोखिम र हिंसाको गम्भीरता स्पष्ट पार्छ ।
    अझ चिन्ताजनक कुरा के छ भने हिंसामा संलग्न व्यक्ति सधैँ अपरिचित हुँदैनन् । परिवारका सदस्य, आफन्त, चिनजानका व्यक्ति, छिमेकी वा विश्वासको सम्बन्धमा रहेका व्यक्तिबाट पनि हिंसा हुने गरेको छ । त्यसैले महिलालाई मात्र सचेत रहन, सावधानी अपनाउन वा आफ्नो व्यवहार बदल्न सुझाव दिएर हिंसा अन्त्य हुँदैन । हिंसा गर्ने व्यक्तिको व्यवहार, शक्ति र नियन्त्रणको मानसिकता तथा त्यसलाई संरक्षण गर्ने सामाजिक सोच परिवर्तन गर्न आवश्यक छ ।

    न्यायको प्रतीक्षामा रहेका प्रतिनिधिमूलक केही घटना ः समयक्रमले देखाएको तीतो यथार्थ
    नेपालमा भएका केही घटनाले लैङ्गिक हिंसाको भयावहता मात्र होइन, पीडित तथा प्रभावित व्यक्तिले न्याय प्राप्त गर्न भोग्नुपर्ने कठिनाइ पनि उजागर गरेका छन् । यी घटना फरक समय र स्थानका भए पनि तिनले हाम्रो सामाजिक सोच, सुरक्षा संयन्त्र र न्याय प्रणालीमा रहेका कमजोरीबारे गम्भीर प्रश्न उठाउँछन् ।
    निर्मला पन्तको घटना: आठ वर्ष बित्दा पनि अनुत्तरित न्यायको प्रश्न (२०७५)
    कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना नेपाली समाजले सजिलै बिर्सन नसक्ने घटनामध्ये एक हो । २०७५ साल साउन १० गते उनको शव उखुबारीमा फेला परेको थियो । घटनापछि देशभर न्यायको माग गर्दै आन्दोलन भयो । अनुसन्धानमा गम्भीर त्रुटि, प्रमाण संरक्षणमा कमजोरी र अनुसन्धान प्रक्रियामाथि उठेका प्रश्नले घटनालाई थप जटिल बनायो ।
    आठ वर्ष बितिसक्दा पनि वास्तविक अपराधी पहिचान हुन सकेको छैन । २०२६ मा प्रहरीले पुनः अनुसन्धानका लागि नयाँ समिति गठन गरेको समाचार सार्वजनिक भएको छ । यस घटनाले अपराधको अनुसन्धानमा हुने लापरबाही, प्रमाण संरक्षणको कमजोरी र पीडित परिवारले भोग्नुपर्ने लामो प्रतीक्षालाई उजागर गर्छ . (The Kathmandu Post, 27 July 226) 
    आफ्नै परिवारभित्रबाट हुने यौन हिंसा ः घरभित्रै असुरक्षित बालिका 
    बालबालिकाका लागि घर सबैभन्दा सुरक्षित स्थान हुनुपर्ने हो । तर आफ्नै परिवारका सदस्यबाट यौन हिंसा भोग्नुपर्ने घटना सार्वजनिक भइरहेका छन् । यस्ता घटनाले बालबालिकाको सुरक्षा केवल बाहिरी वातावरणसँग मात्र सम्बन्धित नभई परिवारभित्रको विश्वास, जिम्मेवारी र निगरानीसँग पनि जोडिएको देखाउँछन् ।
    २०७५ साल भदौमा बाँकेको कोहलपुरमा ८० वर्षीय हजुरबुबाले आफ्नै १३ वर्षीया नातिनीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । यस घटनाले उमेर, नाता वा पारिवारिक सम्बन्धले मात्र बालिकालाई सुरक्षित राख्न नसक्ने कठोर यथार्थ देखाउँछ ।
    त्यसै वर्ष असोजमा रोल्पा नगरपालिका–६ की १४ वर्षीया बालिकामाथि आफ्नै ४३ वर्षीय बाबुले पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । आमाको मृत्युपछि बाबुले यौन हिंसा गरेको र त्यसबाट बच्न बालिका घर छाडेर दाङस्थित आफन्तकोमा पुगेको समाचारमा उल्लेख छ । आफन्तको सहयोगमा महिला अधिकारकर्मीमार्फत प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको थियो । (ABC News Nepal, २४ असोज २०७५) ।
    त्यसैगरी, २०७६ सालमा बाँकेको खजुरा गाउँपालिकामा ४२ वर्षीय बाबुले आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । परिवारलाई घटनाबारे जानकारी भए पनि सुरुमा सामाजिक र पारिवारिक कारण देखाउँदै घटना ढाकछोप गरिएको समाचारमा उल्लेख छ । पछि आमाले छोरीका तर्फबाट प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो । (मिर्मिरे अनलाइन, १४ मंसिर २०७६) ।
    यी घटनाले बालबालिकामाथि हुने हिंसा रोक्न परिवारभित्रै सुरक्षित वातावरण, विश्वासिलो संवाद र जिम्मेवार व्यवहार आवश्यक रहेको देखाउँछन् । बालबालिकाले आफ्नै परिवारका सदस्यबाट हिंसा भोग्नुपर्दा उनीहरूलाई उजुरी गर्न, घटना बताउन र सहयोग माग्नसमेत कठिन हुन सक्छ । त्यसैले उनीहरूको कुरा सुन्ने, विश्वास गर्ने र सुरक्षित सहयोग उपलब्ध गराउने वातावरण निर्माण गर्नुपर्छ ।

    सम्झना कामीको घटना ः पञ्चायती र मिलापत्रको खतरनाक परिणाम 
    बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटना देशलाई स्तब्ध बनाउने घटनामध्ये एक हो । २०७७ साल असोज ७ गते मष्टा गाउँपालिका–२ मा उनको शव फेला परेको थियो ।
    अनुसन्धानका क्रममा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहरामाथि त्यसअघि नै सोही गाउँकी १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको आरोप लागेको तथ्य सार्वजनिक भयो । उक्त घटना २०७७ साल साउन २९ गते भएको र परिवार तथा स्थानीय व्यक्तिहरूको संलग्नतामा गाउँमै पञ्चायती बसेर मिलापत्र गराइएको समाचार सार्वजनिक भएको थियो । मिलापत्रमा बालिका गर्भवती भएमा आरोपितले जिम्मेवारी लिने सर्तसमेत राखिएको थियो । पछि उक्त मिलापत्र गराउन संलग्न भएको आरोपमा छ जना पक्राउ परेका थिए ।
    यस घटनाले बलात्कारजस्तो गम्भीर फौजदारी अपराधलाई सामाजिक प्रतिष्ठा वा स्थानीय समझदारीका नाममा मिलापत्र गराउनु कति खतरनाक हुन सक्छ भन्ने देखाउँछ । समयमै कानुनी प्रक्रिया अघि बढेको भए सम्झनाको जीवन जोगिन सक्थ्यो कि भन्ने गम्भीर प्रश्न पनि यस घटनाले उठाउँछ ।

    भागरथी भट्टको घटना ः विद्यालयबाट घर फर्किने बाटोसमेत असुरक्षित (२०७७)
    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट २०७७ साल माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन् । भोलिपल्ट माघ २२ गते उनको शव स्थानीय सामुदायिक वनमा फेला परेको थियो। पोस्टमार्टम प्रतिवेदनले उनीमाथि यौन हिंसा भएपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि गरेको थियो ।
    अनुसन्धानका क्रममा प्रहरीले उनीसँगै पढ्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणअनुसार पारिवारिक सम्बन्धमा आएको तिक्तताका कारण प्रतिशोधको भावनाबाट अपराध गरिएको बताइएको थियो । पछि डीएनए परीक्षणमा आरोपितको नमुना भागरथीको परीक्षण नमुनासँग मेल खाएको समाचार सार्वजनिक भयो । २०७८ साल फागुन ९ गते बैतडी जिल्ला अदालतले आरोपितलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । (The Himalayan Times, 8 February 2021 and 22 2022)
    भागरथीको परिवारले भोगेको पीडा अझ मर्मस्पर्शी थियो । छोरीको हत्या हुँदा उनकी आमाले केही समयअघि मात्र श्रीमान् गुमाएकी थिइन् । छोरीको न्यायका लागि उनले अभाव र कठिनाइबीच संघर्ष गर्नुपरेको थियो । विद्यालय जाने बाटोसमेत बालिकाका लागि सुरक्षित हुन नसकेको हाम्रो समाजको कठोर यथार्थ यस घटनाले उजागर गरेको छ ।

    रिंकु कुमारी सदाको घटना ः सामाजिक दबाबले न्यायको बाटो रोक्दा
    सिरहाकी १७ वर्षीया दलित किशोरी रिंकु कुमारी सदामाथि सामूहिक बलात्कार भएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमै घटना मिलापत्र गराउने प्रयास गरिएको थियो । एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनअनुसार २०२५ फेब्रुअरी १२ मा स्थानीय अगुवाहरूले घटनामा आरोपित तीन पुरुषलाई जरिवाना तोकेका थिए र पीडित परिवारलाई प्रहरीसमक्ष नजान दबाब दिएका थिए । त्यसको भोलिपल्ट, फेब्रुअरी १३ मा रिंकु आफ्नै घरमा मृत अवस्थामा फेला परिन् । प्रहरीले घटनासँग सम्बन्धित आरोपमा मार्च ७ मा आठ जनालाई पक्राउ गरेको थियो । (एम्नेस्टी इन्टरनेसनल, २०२५) ।
    यो घटना यौन हिंसालाई सामाजिक प्रतिष्ठा, स्थानीय समझदारी वा दबाबका नाममा लुकाउने प्रवृत्ति कति खतरनाक हुन सक्छ भन्ने उदाहरण हो । पीडित परिवारलाई प्रहरी र न्यायिक निकायसम्म पुग्नबाट रोक्नु आफैँमा गम्भीर मानव अधिकारको प्रश्न हो । यस्ता अपराधलाई स्थानीय मिलापत्रबाट टुङ्ग्याउने होइन, कानुनी प्रक्रियामार्फत निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गर्नुपर्छ ।

    आनन्दी देवी सदायाको घटना ः उजुरीपछि पनि संरक्षण नपाउँदाको जोखिम (२०२५)
    सिरहाकी २४ वर्षीया दलित महिला आनन्दी देवी सदायाको घटना पनि गम्भीर चिन्ताको विषय हो । एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनअनुसार उनले सन् २०२४ मा दुई पुरुषबाट आफूमाथि यौन दुव्र्यवहारको प्रयास भएको भन्दै उजुरी गरेकी थिइन् । तर सम्बन्धित निकायबाट प्रभावकारी अनुसन्धान नभएको आरोप सार्वजनिक भयो । सन् २०२५ अप्रिलमा उनको मृत्यु भएको र एम्नेस्टीको प्रतिवेदनले त्यसलाई आत्महत्याका रूपमा उल्लेख गरेको छ । (एम्नेस्टी इन्टरनेसनल, २०२५) ।
    यो घटनाले हिंसाबाट प्रभावित व्यक्तिले उजुरी गरेपछि पनि समयमै संरक्षण, निष्पक्ष अनुसन्धान र न्याय नपाउँदा कस्तो जोखिम उत्पन्न हुन सक्छ भन्ने गम्भीर प्रश्न उठाउँछ । उजुरी दर्ता गर्नु मात्र पर्याप्त हुँदैन । उजुरीपछि सम्बन्धित निकायले व्यक्तिको सुरक्षा, मनोसामाजिक सहयोग, प्रमाण संरक्षण र अनुसन्धानलाई उत्तिकै प्राथमिकता दिनुपर्छ ।

    इनिशा बिकको घटना ः वैज्ञानिक प्रमाण र निष्पक्ष अनुसन्धानको महत्व
    सुर्खेतकी १६ वर्षीया इनिशा बीकेको मृत्युले बालिका तथा किशोरीको सुरक्षा र न्यायिक अनुसन्धानको प्रभावकारिताबारे देशव्यापी बहस सिर्जना गरेको छ । सन् २०२६ मार्च ७ मा वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रारम्भिक पोस्टमार्टम प्रतिवेदनले यौन हिंसासँग सम्बन्धित गम्भीर आन्तरिक चोट र अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखाएको समाचार सार्वजनिक भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको थियो। (The Kathmandu Post, १३ मार्च २०२६) 
    तर जुलाई १७, २०२६ मा प्रकाशित डिएनए तथा सेरोलोजी परीक्षणसम्बन्धी समाचारले अनुसन्धानको अर्को महत्पूर्ण पक्ष उजागर ग¥यो । परीक्षणमा चार आरोपितमध्ये एक जनाको नमुना मात्र इनिशाको शरीर तथा घटनास्थलबाट संकलित नमुनासँग मेल खाएको देखिएको थियो । बाँकी तीन जनाको नमुना भने मेल खाएको थिएन । यसले अनुसन्धानमा वैज्ञानिक प्रमाणको प्रयोग, अभियोजन प्रक्रियाको निष्पक्षता र प्रमाणको सही मूल्याङ्कन कति महत्वपूर्ण छ भन्ने प्रश्न उठाएको छ । यद्यपि डीएनए परीक्षणले मात्र अदालतको अन्तिम फैसला वा अन्य आरोपितको सम्पूर्ण भूमिकाको टुङ्गो लगाउँदैन । मुद्दाको अन्तिम निष्कर्ष न्यायिक प्रक्रियाबाटै आउनुपर्छ (The Kathmandu Post,17 July, 2026)
    यस घटनाले न्यायको अर्थ केवल दोषीलाई सजाय दिनु मात्र होइन, प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गर्नु र निर्दोष व्यक्तिमाथि अन्याय हुन नदिनु पनि हो भन्ने देखाउँछ ।

    यी घटनाले देखाएका थप चुनौती ः घरेलु हिंसा, डिजिटल शोषण र सामाजिक अन्धविश्वास
    माथि उल्लेख गरिएका घटना मात्र लैङ्गिक हिंसाको सम्पूर्ण चित्र होइनन् । घरेलु हिंसा, डिजिटल माध्यमबाट हुने यौन शोषण, बोक्सीको आरोपमा हुने अमानवीय व्यवहार र आर्थिक निर्भरताका कारण महिलाले भोग्नुपर्ने उत्पीडन पनि उत्तिकै गम्भीर छन्।
    घरेलु हिंसालाई सामान्य पारिवारिक विवाद ठानेर बेवास्ता गर्दा त्यसले महिलाको ज्यानसमेत लिन सक्छ । Kathmandu Post मा १८ जुन २०२६ मा प्रकाशित प्रहरी तथ्याङ्कमा आधारित समाचारअनुसार आर्थिक वर्ष २०८२÷८३ मा ६८ जना महिलाको आफ्नै पतिबाट हत्या भएको थियो । त्यसैगरी पछिल्ला छ आर्थिक वर्षमा पति वा जीवनसाथीबाट ५२८ जना महिला मारिएको तथ्याङ्क सार्वजनिक भएको थियो । यसले हिंसाको जोखिम घरभित्रै पनि कति गम्भीर हुन सक्छ भन्ने देखाउँछ (The Kathmandu Post, 18 July, 2026)
    त्यसैगरी, बोक्सीको आरोपमा महिलामाथि कुटपिट, अपमान र अमानवीय व्यवहार हुने घटना पनि हाम्रो सामाजिक चेतनाका लागि गम्भीर चुनौती हुन् । सिरहाकी सुदामा देवी साहमाथि आफ्नै छोराले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको र उपचारका क्रममा उनको मृत्यु भएको घटना यसको एउटा प्रतिनिधि उदाहरण हो । त्यस्तै, सिरहाकै मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा स्थानीय पञ्चायतीका क्रममा कुटपिट गरी मानव मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको थियो । यस्ता घटनाले अन्धविश्वास, सामाजिक बहिष्कार र पितृसत्तात्मक सोचले महिलाको जीवन र मर्यादामाथि कति गम्भीर आक्रमण गर्न सक्छ भन्ने देखाउँछन् ।

    यही नोभेम्बर २०२६ को पहिलो तीन साता (२१ नोभेम्वर) सम्मलाई हेर्दा पनि नेपालका विभिन्न जिल्लामा महिला तथा बालिकामाथि भएका यौन हिंसा तथा घरेलु हिंसाका घटनाहरू सार्वजनिक भएका छन् । सिरहाको लहानमा चार वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २४ वर्षीय पुरुष पक्राउ परेको समाचार इन्सेक अनलाइनले नोभेम्बर ६ मा प्रकाशित गरेको थियो । त्यस्तै, बाराको जितपुर सिमरामा घरेलु विवादपछि २५ वर्षीया महिलामाथि श्रीमानले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको र आरोपितलाई प्रहरीले पक्राउ गरेको समाचार द हिमालयन टाइम्सले नोभेम्बर ६ मा सार्वजनिक गरेको थियो । नोभेम्बर ९ मा रातोपाटीले पाल्पा र कञ्चनपुरमा क्रमशः १६ र १५ वर्षीया दुई बालिकामाथि बलात्कार गरेको आरोपमा चार जना पुरुष पक्राउ परेको समाचार प्रकाशित गरेको थियो । यसैगरी, मोरङको लेटाङमा कार्यक्रमबाट घर फर्कने क्रममा १३ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा २१ वर्षीय पुरुषलाई नोभेम्बर २१ मा पक्राउ गरिएको समाचार निगुरोले सार्वजनिक गरेको थियो । मुगुको छायानाथ रारा नगरपालिका–११ मा १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा २५ वर्षीय पुरुष पक्राउ परेको समाचार इन्सेक अनलाइनले नोभेम्बर १९ मा प्रकाशित गरेको थियो । यी घटनाहरूले महिला तथा बालिकाको सुरक्षा, बाल संरक्षण, लैङ्गिक समानता, प्रभावकारी कानुनी कार्यान्वयन र हिंसापीडितलाई समयमै सुरक्षित संरक्षण तथा न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेका छन् । (स्रोतः INSEC Online, ६ र १९ नोभेम्बर २०२६; The Himalayan Times, निगुरो, २१ नोभेम्बर २०२६ ।)
    हिंसाको स्वरूप डिजिटल संसारमा पनि विस्तार भइरहेको छ । सामाजिक सञ्जालमार्फत प्रलोभनमा पार्ने, निजी तस्बिर तथा भिडियोको दुरुपयोग गर्ने, ब्ल्याकमेल गर्ने र यौन शोषण गर्ने प्रवृत्तिले बालिका तथा किशोरीको सुरक्षामा नयाँ चुनौती थपेको छ । त्यसैले बालबालिकाको सुरक्षा घर, विद्यालय र सार्वजनिक स्थानमा मात्र सीमित नराखी डिजिटल संसारसम्म विस्तार गर्न आवश्यक छ ।
    यी घटनाहरू केवल अपराधका समाचार मात्र होइनन् । प्रत्येक घटनाको पछाडि एउटा जीवन, एउटा परिवार, अधुरो सपना र न्यायको प्रतीक्षामा रहेको पीडा छ । सामाजिक डर, आर्थिक निर्भरता, पारिवारिक दबाब, जातीय विभेद र न्यायिक प्रक्रियामा पहुँचको अभावका कारण बाहिर आउन नसकेका घटना पनि हुन सक्छन् । त्यसैले हिंसाको वास्तविक अवस्था बुझ्न उजुरीको संख्या मात्र होइन, उजुरी गर्नबाट रोक्ने कारण र उजुरीपछि प्रभावित व्यक्तिले भोग्नुपर्ने अवस्थासमेत अध्ययन गर्न आवश्यक छ ।

    सन् २०२६ को अभियानको अन्तर्राष्ट्रिय नारा ः 
    सन् २०२६ को १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा रहेको छ ः“UNiTE to End Violence Against Women and Girls: Ensure Justice, Protect Survivors, End Impunity”यसको नेपाली भावार्थ होः महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न एकजुट बनौँ ः न्याय सुनिश्चित गरौँ, हिंसाबाट प्रभावित व्यक्तिको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ ।
    यस नाराले तीनवटा महत्वपूर्ण जिम्मेवारीलाई जोड दिएको छ ।
    पहिलो, न्याय सुनिश्चित गर्नुः हिंसाबाट प्रभावित व्यक्तिले उजुरी गर्ने सुरक्षित वातावरण पाउनुपर्छ । प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्छ, प्रमाण सुरक्षित राख्नुपर्छ र न्यायिक निकायले समयमै न्याय दिनुपर्छ । न्यायको प्रक्रिया लामो, महँगो, अपमानजनक र थप पीडा दिने खालको हुनु हुँदैन ।
    दोस्रो, प्रभावित व्यक्तिको संरक्षण गर्नुः हिंसाबाट प्रभावित महिला तथा बालिकालाई सुरक्षित आवास, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, शिक्षा, सीप विकास र आर्थिक आत्मनिर्भरताको अवसर उपलब्ध गराउनुपर्छ । उनीहरूको गोपनीयता, सम्मान, इच्छा र निर्णयलाई प्राथमिकता दिनुपर्छ । सहयोगका नाममा उनीहरूको परिचय, पीडा वा व्यक्तिगत विवरण सार्वजनिक गर्नु हुँदैन ।
    तेस्रो, दण्डहीनताको अन्त्य गर्नुः राजनीतिक पहुँच, आर्थिक शक्ति, सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध वा स्थानीय दबाबका कारण अपराधमा संलग्न व्यक्तिले उन्मुक्ति पाउनु हुँदैन । अपराध गर्ने व्यक्ति मात्र होइन, प्रमाण नष्ट गर्ने, उजुरी दबाउने, प्रभावित व्यक्तिलाई धम्क्याउने र न्याय प्रक्रियामा अवरोध सिर्जना गर्ने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ ।
    यसै गरी नेपालको राष्ट्रिय नारा
    “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता ।”
    नेपाल सरकारले तय गरेको यस राष्ट्रिय नाराले लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको संरक्षण, दोषीलाई कानुनी जवाफदेही बनाउने र पीडितलाई न्याय सुनिश्चित गर्ने राष्ट्रिय प्रतिबद्धतालाई जोड दिएको छ ।

    हिंसा अन्त्य गर्न सोच र व्यवहारमा परिवर्तन आवश्यक
    लैङ्गिक हिंसाको अन्त्य कानुन र प्रहरीको जिम्मेवारी मात्र होइन । यसको सुरुवात हाम्रो घर, परिवार, विद्यालय, कार्यस्थल र समुदायबाट हुनुपर्छ ।
    छोरालाई छोरीभन्दा बढी स्वतन्त्रता दिने, छोरीलाई मात्र घरको इज्जत जोगाउने जिम्मेवारी थोपर्ने, महिलाले सहनुपर्छ भन्ने सोच राख्ने, पुरुषको रिस र नियन्त्रणलाई स्वाभाविक ठान्ने तथा हिंसालाई पारिवारिक मामिला भन्दै बेवास्ता गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्छ ।
    बालबालिकालाई सानैदेखि समानता, आपसी सम्मान, सहमति, व्यक्तिगत सीमा, सुरक्षित व्यवहार र जिम्मेवारीबारे सिकाउनुपर्छ । विद्यालयमा लैङ्गिक समानता र जीवनोपयोगी शिक्षा प्रभावकारी बनाउनुपर्छ । सामाजिक सञ्जालमा हुने दुव्र्यवहार, धम्की, चरित्रहत्या र निजी तस्बिरको दुरुपयोगलाई सामान्य ठान्नु हुँदैन ।
    पुरुष तथा किशोरहरूलाई पनि हिंसाविरुद्धको अभियानको सक्रिय साझेदार बनाउन आवश्यक छ । महिलाको अधिकार महिलाको मात्र विषय होइन; यो न्यायपूर्ण, सभ्य र सुरक्षित समाज निर्माणको साझा जिम्मेवारी हो ।
    सरकारी निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीच प्रभावकारी समन्वय हुनुपर्छ। हिंसाका घटना सार्वजनिक गर्दा प्रभावित व्यक्तिको पहिचान र गोपनीयता सुरक्षित राख्नुपर्छ । समाचारलाई सनसनीपूर्ण बनाउनेभन्दा पनि तथ्य, संवेदनशीलता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्छ ।

    २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म ः प्रतिबद्धतालाई व्यवहारमा उतारौँ
    १६ दिने अभियानका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना हुन्छन् । तर अभियानको सफलता कार्यक्रमको संख्या, ¥याली, गोष्ठी वा नारामा मात्र मापन गरिनु हुँदैन । यसले व्यवहारमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
    यस अवधिमा स्थानीय तहले आफ्नो क्षेत्रमा हुने हिंसाका घटनाको अवस्था समीक्षा गर्न सक्छन् । विद्यालय र कलेजले बालबालिका तथा किशोरकिशोरीका लागि सुरक्षित वातावरण र सचेतना कार्यक्रम सञ्चालन गर्न सक्छन् । प्रहरीले उजुरी प्रक्रिया सहज र प्रभावित व्यक्तिमैत्री बनाउन सक्छ । सञ्चारमाध्यमले जिम्मेवार रिपोर्टिङ गर्न सक्छन् । संघसंस्थाले सुरक्षित सेवा, कानुनी सहायता, मनोसामाजिक सहयोग र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सक्छन् ।
    हरेक संस्था र समुदायले आफूभित्रको हिंसा, विभेद, दुव्र्यवहार र शक्ति दुरुपयोगको समीक्षा गर्नुपर्छ । कार्यस्थलमा यौन दुव्र्यवहारविरुद्ध स्पष्ट नीति, सुरक्षित उजुरी संयन्त्र र निष्पक्ष कारबाहीको व्यवस्था हुनुपर्छ । नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी व्यवहारबाट प्रमाणित गर्नुपर्छ ।
    सबैभन्दा महत्वपूर्ण कुरा, हिंसाबाट प्रभावित व्यक्तिलाई दोषी ठहर गर्ने होइन, उनीहरूको कुरा सुन्ने, विश्वास गर्ने, सम्मान गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने संस्कार विकास गर्नुपर्छ ।

    निष्कर्ष ः अभियान १६ दिनको मात्र होइन, हरेक दिनको हो
    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले हामीलाई हरेक वर्ष एकपटक मात्र जागरुक बनाउने होइन, वर्षभरि नै जिम्मेवार बनाउने उद्देश्य राख्छ । नोभेम्बर २५ मा हिंसाविरुद्ध आवाज उठाएर डिसेम्बर १० पछि फेरि मौन बस्ने हो भने अभियानको सार्थकता रहँदैन ।
    निर्मला पन्त, सम्झना कामी, भागरथी भट्ट, रिंकु कुमारी सदा, आनन्दी देवी सदाय, इनिशा बीके र घरेलु हिंसाका कारण ज्यान गुमाएका अनेकौँ महिलाका घटनाले हामीलाई एउटा गम्भीर र नमीठो सत्यको स्मरण गराउँछन् कि हिंसा रोक्न नसक्नु, उजुरीपछि संरक्षण दिन नसक्नु र न्याय सुनिश्चित गर्न नसक्नु समाज तथा राज्यका लागि गम्भीर असफलता हो ।
    अब हामीले आफैँलाई केही महत्वपूर्ण प्रश्न गर्नुपर्छ ः
    हिंसाविरुद्ध उजुरी गर्ने व्यक्तिले सुरक्षित महसुस गर्न पाएका छन् ?
    अनुसन्धान निष्पक्ष, विश्वसनीय र समयमै भइरहेको छ ?
    हिंसाबाट प्रभावित व्यक्तिले आवश्यक सेवा, संरक्षण र सम्मान पाएका छन् ?
    अपराधीले उन्मुक्ति पाउने अवस्था अन्त्य भएको छ ?
    हाम्रा घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थान महिला तथा बालिकाका लागि साँच्चै सुरक्षित बनेका छन् ?
    हामीले आफ्ना छोराछोरीलाई अरूको सम्मान, सुरक्षा र मर्यादाको कदर गर्न सिकाउन सकेका छौँ ?
    यी प्रश्न केवल अरूलाई सोध्नका लागि मात्र होइनन् । यी हरेक व्यक्ति, परिवार, संस्था, सम’दाय र राज्यले आफैँलाई सोध्न’पर्ने प्रश्न ह’न् । किनकि हिंसाम’क्त समाज निर्माणको स’रुवात हाम्रो आफ्नै सोच, व्यवहार र जिम्मेवारीबाट ह’न्छ ।
    हिंसाम’क्त समाज केवल कान’न बनाएर मात्र ह’ँदैन, समानता, सम्मान, संवेदनशीलता र जवाफदेहिताको संस्कृति विकास गरेर निर्माण मात्र ह’न्छ ।
    आउन’होस्, हिंसालाई सामान्यीकरण गर्ने होइन, त्यसविरुद्ध आवाज उठाऔँ । प्रभावित व्यक्तिलाई दोष दिने होइन, न्याय र संरक्षणको साथ दिऔँ । मौनता र दण्डहीनतालाई निरन्तरता दिने होइन, परिवर्तनको नेतृत्व गरौँ ।
    हिंसाम’क्त समाज निर्माण हाम्रो साझा प्रतिबद्धता बनोस् ।
    धन्यवाद ।

    तीर्थ बहादुर रायक्षेत्री “श्रमिक”

    • मंगलवार, मंसिर ९ २०८३०७:३८:५६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology