• शनिवार, मंसिर ६ गते २०८३

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत , यस्ता छन् मन्त्रिपरिषद्का मुख्य निर्णयहरू

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत , यस्ता छन् मन्त्रिपरिषद्का मुख्य निर्णयहरू

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत , यस्ता छन् मन्त्रिपरिषद्का मुख्य निर्णयहरू

  • 45
    SHARES

  • प्रधानमन्त्रीको भारत भ्रमण  स्वीकृत , यस्ता छन् मन्त्रिपरिषद्का मुख्य निर्णयहरू

    प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

    प्रधानमन्त्री शाह यहि मंसिर ६ र ७ गते दुई दिने भ्रमणका लागि भारत जाँदैछन् ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    –२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

    –चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

    –अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

    –नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

    –राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

    –ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

    –राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology