काठमाडौं गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।
बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौंलाई ६१ रनले पराजित गर्दै चितवन पहिलो पटक क्वालिफायरमा पुगेको हो।
चितवनले अब दोस्रो क्वालिफायरमा बिहिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न पुगेको हो।