अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठक सकिएको छ ।
बैठकपछि ट्रम्प एयरफोर्स वान विमानमा सवार भएर अमेरिका फर्किएका छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिन पनि बैठकस्थलबाट बाहिरिएका छन् ।
सार्वजनिक भिडियोमा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई उनको गाडीसम्म पुर्याएको देखिन्छ ।
रुसी समाचार एजेन्सी तासका अनुसार तीनै नेताबीचको बैठक करिब डेढ घण्टा चलेको थियो । बैठकपछि तीनै जना राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया दिएनन् ।