चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक हो ।
मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो । चालु आव असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो ।
२०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ । भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो । गत आव असोजमा २ खर्ब १ अर्ब २२ करोड भित्रिएको थियो ।
चालु आव असोजमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशत वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष २९.२ प्रतिशत बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड थियो ।