• शनिवार, मंसिर ६ गते २०८३

चीन, अमेरिका र रुसले मिलेर वैश्विक चुनौतीको सामना गर्नुपर्छ

चीन, अमेरिका र रुसले मिलेर वैश्विक चुनौतीको सामना गर्नुपर्छ

चीन, अमेरिका र रुसले मिलेर वैश्विक चुनौतीको सामना गर्नुपर्छ

  • 135
    SHARES

  • चीन, अमेरिका र रुसले मिलेर वैश्विक चुनौतीको सामना गर्नुपर्छ

    चीनका राष्ट्रपति सी जिनपिङले अमेरिका, चीन र रुसले विश्वव्यापी चुनौतीको सामना गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् ।

     सीले आजको विश्व छुट्टाछुट्टै टापुहरूको समूह नरहेको पनि बताए ।

    ‘मानवता यस्तो विश्वव्यापी गाउँमा बसिरहेको छ, जहाँ सबैको भविष्य एकअर्कासँग जोडिएको छ,’ उनले भने ।

    राष्ट्रपति सीले विश्वव्यापी गाउँमा ठूला शक्तिको विशेष जिम्मेवारी हुने पनि बताए । चीनले पछिल्ला केही वर्षदेखि ठूला राष्ट्रहरूबीच शान्तिपूर्ण सहअस्तित्व, स्थिरता र सन्तुलित विकासमा आधारित सम्बन्ध प्रवर्द्धन गर्दै आएको उनले बताए ।

    यस्ता सम्बन्ध सम्बन्धित देशका साथै समग्र विश्वकै हितमा हुने उनको भनाइ थियो । सीले चीन, रुस र अमेरिकालाई विश्वसामु उदाहरण प्रस्तुत गर्न पनि आग्रह गरे ।

    चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का नेताहरूको बैठकमा सहभागी हुन चीनको सेन्जेनमा भेला भएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology